अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिलाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिका उद्योग शाखाको आयोजना एवं सम्पदा गुठी चौताराको व्यवस्थापनमा २३ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ।व्यावसायिक रुपमा अचार उत्पादन गर्ने र बजारीकरण गर्दै महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यका साथ चौताराको पुरानो बजारमा यो तालिमको आयोजना भएको हो। चैत्र १५ गतेबाट सुरु भएको तालिम २१ गते समापन भएको सम्पदा गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताउनुभयो। तालिमको बुधबार विधिवत रूपमा समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले प्राप्त तालिमलाई व्यावसायिक रुपमा क कार्यान्वयन गर्न अनुरोध गरे। घरेलु तथा…
Category: समाचार
भोलि बिहान आहालडाँडामा एमालेले नयाँ नेता छान्ने
भोलि बिहान आहलडाँडामा एमाले नयाँ नेता छान्नेचौतारा । मौसम प्रतिकूल भएपछि एमाले सिन्धुपाल्चोकको अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया भोलि बिहानलाई सारेको छ । आज मतदान हुने भनिएता पनि बिग्रँदो मौसम र अध्यक्ष मण्डलको आदेश अनुसार मतदान भोलि बिहान चौतारास्थित आहलडाँडामा ७ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशन भोलि २० गते सम्पन्न हुने एमालेजनको विश्वास छ । अधिवेशनले नयाँ नेतृत्वसहित नयाँ जिल्ला कार्यसमिति पनि चयन गर्नेछ । जस अनुसार अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । बहालरत अध्यक्षलाई हुँकार दिंदै होमनारायण…
इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले आस्थालाई विज्ञानसँग जोड्न आग्रह गरे
इष्टर महोत्सवलाई सम्वोधन गर्दै मेयर सापकोटाले भने आस्थालाई विज्ञानसँग जोड्नुस चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफू कुनै पनि धर्मको पक्षमा नरहेको खुलासा गर्नु भएको छ । सबै धर्मप्रति मेरो सम्मान छ तर म आफू कुनै पनि धर्मको पक्षमा भने छैन मेयर सापकोटाले भन्नुभयो । चौतारा बजार परिक्रमा गर्दै क्रिश्चयन धर्मावलम्बीहरुले निकालेको ¥याली टँुडिखेल पुगेपछि सभामा परिणत भएको थियो । सो सभालाई सम्वोधन गर्दै मेयर सापकोटाले आफूले चाहेको धर्मप्रति आस्था राख्न पाउने छुट सबैलाई भएको र संविधानले पनि सोही अनुसार व्यवस्था गरेका कारण सहिष्णुताका साथ आफ्नो धार्मिक अधिकारको…
एमाले सिन्धुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै
चौतारा । एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशन चौतारामा तेस्रो दिन पनि जारी छ। शुक्रबारबाट सुरु भएको अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम रहेको छ। नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ।सफ्ट लाइनर नेताको रुपमा चिनिएका बाहालवाला अध्यक्ष कमल नेपाल र हार्ड लाइनरको रुपमा चिनिएका अर्का नेता होम नारायण श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै अध्यक्ष पदमा बादल तामाङले पनि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षका लागि भने अर्जुन भण्डारी, विष्णुमणि आचार्य र सुदनराज गिरीले उम्मेदवारले दिएका छन्…
निजी तथा आवासीय विद्यालयहरुमा सौर्य रुफटप प्रणाली जडानको सम्भाव्यताबारे छलफल
सौर्य रुफटफ प्रणाली प्रवर्द्धन सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) बीच अन्तर्क्रिया काठमाडौं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य रुफटप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । मध्यबानेश्वर स्थित केन्द्रको कार्यालयमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा केन्द्रतथा केन्द्र अन्तर्गतका कार्यक्रमहरु, प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४० जना भन्दा बढीको उपस्थिति रहेको थियो । केन्द्र र जर्मन सरकार (जर्मन सहयोग नियोग अन्तर्गत KFW मार्फत) कोसहयोगमा…
चौतारा साँगाचोकगढीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
चौतारा साँगाचोकगढीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका आर्थिक वर्ष २०८०/ ०८१ सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।चालु आर्थिक वर्षभित्र नगरपालिकाद्वारा भए गरेका कार्य सम्पादन र सेवा प्रवाहको स्थिति बारे जनगुनासो, सुझावहरु संकलन गर्ने उदेश्यले झुल्का मिडिया प्रालिको समन्वयमा भएको कार्यक्रममा स्थानीयहरुले विविध विषयमा सवाल उठाएका थिए ।चौताराका रविन्द्र श्रेष्ठले चौतारा भोताङ मोटरबाटो, चौतारा अस्पाताल, अव्यवस्थित बसपार्क लगायतका विषयमा प्रश्न राखेका थिए । सञ्चारकर्मी विजय नेपालले मिनी टेलर अनियमिता भएको, पर्यटन प्रवद्र्धनमा भूत छाङ्गालाई बेवास्ता गरेको जस्ता विषय उठान गरेका थिए ।दिनेश थापा, हरिकुमार श्रेष्ठ, कमला पाख्रिन, दीपक…
वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि बरुवा सिर्जनशिल युवालाई
देवराज सुवेदी / मेलम्ची । प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले जीतेको छ । आज सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारे ।उपविजेता लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले जानकारी दिनुभयो । त्यस्तै थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको उहाले जानकारी दिनुभयो । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए । बिजेतालाई…
उद्योग व्यवसायीहरूको नयाँ नेतामा बुद्धराज बस्नेत
उद्योग व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको २८ औं साधारणसभा एवम् ११ औं अधिवेशनबाट बुद्धराज बस्नेत विजयी हुनुभएको छ। दुई प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेत आगामी ३ वर्षका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो । बस्नेतले ९०४ मत प्राप्त गर्नुभएको छ। बस्नेतका निकटतम प्रतिद्वन्दी सुमन खत्रीले ६८४ मत प्राप्त गर्नुभएको छ ।अध्यक्षकै अर्का प्रतिद्वन्दी शम्भु तिमल्सिनाले जम्मा २९७ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ८११ मतका साथ उमेश प्रधान विजयी हुनुभएको छ। प्रधानका निकटतम प्रतिद्वन्दी सूर्य बहादुर…
उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता
उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मत परिणाम अनुसार बुद्धराज बस्नेतले आफ्नो अग्रतालाई कायम राखेको छ ।हालसम्म १११३ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ। जस अनुसार अध्यक्ष पदमा ४९५ मतका साथ बस्नेत अगाडि हुनुहुन्छ भने अर्को उम्मेदवार सुमन खत्री ४१२ मतसहित पछयाईरहनु भएको छ ।अध्यक्षकै उम्मेदवार शम्भु तिमल्सिनाले हालसम्म १८१ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ४८८ मतका साथ उमेश प्रधानको अग्रता कायम नै छ । सूर्य बहादुर कार्की ले ३८७…
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशन सुरु
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अधिवेशन सुरुबाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं साधारणसभा र ११ औं अधिवेशन सुरु भएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई दिनसम्म जारी रहने अधिवेशनको पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घघाटन गर्नुभयो ।सो अवसर उहाँले चीनसँगको कुटनैतिकरुपमा पहल नगरेसम्म तातोपानी नाका पूर्णरूपमा सञ्चालन नहुने बताउनुभयो । चीन सरकारलाई सुरक्षाको पूर्णअनुभूति दिंदै सरकारले गम्भीर भएर कुटनैतिक पहल गरे मात्र नाकाको भविष्य सुनिश्चित हुने उहाँको तर्क छ ।क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले कृषिमा लगानी बढाउन नसकेसम्म मूलुकले आर्थिक प्रगति गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले…
