चौताराका स्वास्थ्यकर्मीले लिए आरआरटी तालिम

चौताराका स्वास्थ्यकर्मीले लिए आरआरटी तालिम


चौतारा । विपत सम्बन्धी द्रुत प्रतिकार्य टोली ( RRT ) परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ

चौतारा साँगाचोकगढी नगरपालिकाभित्र २४ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको कार्यक्रमको विहीबार सम्पन्न भएको हो ।

विपदका हिसाबले सिन्धुपाल्चोक जिल्ला अग्रस्थानमा रहँदै आएको र सम्बन्धित पालिकाभित्रका स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको स्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य समवेदनशिल क्षेत्र भएको बताउँदै स्वास्थ्य सेवा सधैं द्रुत गतिमा नै प्रदान गर्नुपर्ने बताउनुभयो । भूमिकाको हिसाबले सधैँ अग्रपंक्तिमा नै बसेर स्वास्थ्यकर्मीले काम गर्नुपर्ने र समयसमयमा आउने कोभिड १९ जस्ता महामारीलाई पनि परास्त गर्दै काम गर्नुपर्ने भएकाले पनि स्वास्थ्यकर्मीहरुको योगदान अमूल्य रहेको उहाँले बताउनुभयो ।
विपदका बेलामा के हुन्छ र कसरी काम गर्नुपर्छ भन्ने कुरा बुझ्न जरुरी भएको र त्यसका लागि नै यो कार्यक्रमको प्रभावकारी रहेको नगरप्रमुख सापकोटाको कथन रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले पनि यस्ता कार्यक्रमका लागि नगरपालिकाले आवश्यक बजेट र व्यवस्थापनको प्रबन्ध गर्ने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालित तालिममा चौतारा अस्पतालका मेडिकल अधिकृत डा.अमरदीप कुमार शाह, नेपाल रेडक्रस सोसाइटीका भरत कोइरालाले र नगर विपत शाखा प्रमुख चिरञ्जीवी कटेलले प्रशिक्षण दिनुभएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्