सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अधिवेशन सुरु
बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं साधारणसभा र ११ औं अधिवेशन सुरु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई दिनसम्म जारी रहने अधिवेशनको पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घघाटन गर्नुभयो ।
सो अवसर उहाँले चीनसँगको कुटनैतिकरुपमा पहल नगरेसम्म तातोपानी नाका पूर्णरूपमा सञ्चालन नहुने बताउनुभयो । चीन सरकारलाई सुरक्षाको पूर्णअनुभूति दिंदै सरकारले गम्भीर भएर कुटनैतिक पहल गरे मात्र नाकाको भविष्य सुनिश्चित हुने उहाँको तर्क छ ।
क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले कृषिमा लगानी बढाउन नसकेसम्म मूलुकले आर्थिक प्रगति गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले हरेक सफल मूलुकमा सरकार आफैले उच्चतम लगानी गरेरै समृद्ध बनेको उदाहरण दिंदै नेपालमा पनि सरकारले सोही मोडेलमा लगानी गर्नुपर्ने बताउनुभयो । तातोपानी नाका सञ्चालनका लागि भूमिका निर्वाह गर्नेहरूप्रती उद्योग वाणिज्य संघ मौन रहेकोप्रती रोष्ट प्रकट गर्दै राजनीतिरूपमा कुनै पनि संस्थालाई गिलोजिन खोज्दा पारिणाम नकारात्मक आउनेतर्फ सांसद सापकोटाले ध्यानाकर्षण गराउनुभयो ।
सभालाई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत, प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अध्यक्ष होमबहादुर बस्नेतको सभा अध्यक्षतामा भएको कार्यक्रममा उद्योग व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
अधिवेशनले आगामी ३ बर्षका लागि नयाँ कार्यसमितिको चयन गरिने छ । सो का लागि भोलि विहानबाट निर्वाचन सुरु हुने संघले जनाएको छ ।
अध्यक्षका लागि बुद्धराज बस्नेत, शम्भु तिमल्सिना र सुमन खत्रीले उम्मेदवारी दिएका छन् ।
झण्डै २४०० सदस्य रहेको बरिस्ठ उपाध्यक्ष, दीतीय उपाध्यक्ष, र १५ सदस्यका लागि निर्वाचन हुँदै छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशन सुरु
