बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष कसजूद्वारा राजीनामा

बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उमेश कसजूले आफ्ना पदबाट राजिनामा दिएका छन् ।
कार्यव्यस्ततालाई कारण देखाउँदै अध्यक्ष कसजूले राजीनामा दिएका हुन् ।
त्यस्तै सञ्चालक समितिका अन्य दुई जना सदस्यले पनि राजीनामा दिएका छन् । अध्यक्ष कसजु र सदस्य सुशील गुप्ता र शक्ति कुमार गाेल्याणले पदबाट राजीनामा दिएका हुन् ।
उनीहरूले दिएकाे राजीनामालाई
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ ।
रिक्त हुन आएको अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालक सदस्यमा योगेश दारुका र विदुर पुरीलाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको बताइन्छ ।

यसअघि पनि दुई सदस्य सन्दीपकुमार शारदा र सुलभ अग्रवालले सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका थिए । शारदा र अग्रवालको ठाउँमा सञ्चालक समितिले राजेन्द्र तिमल्प नियुक्त गरिसकेको जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्