उद्योग व्यवसायीहरूको नयाँ नेतामा बुद्धराज बस्नेत

व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत

उद्योग व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत

बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको २८ औं साधारणसभा एवम् ११ औं अधिवेशनबाट बुद्धराज बस्नेत विजयी हुनुभएको छ।

दुई प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेत आगामी ३ वर्षका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बस्नेतले ९०४ मत प्राप्त गर्नुभएको छ। बस्नेतका निकटतम प्रतिद्वन्दी सुमन खत्रीले ६८४ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षकै अर्का प्रतिद्वन्दी शम्भु तिमल्सिनाले जम्मा २९७ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ८११ मतका साथ उमेश प्रधान विजयी हुनुभएको छ। प्रधानका निकटतम प्रतिद्वन्दी सूर्य बहादुर कार्कीले ६९३ मत प्राप्त गर्नुभएको छ भने बिदुर पराजुलीले ३४३ मत मात्र प्राप्त गर्नु भएको छ ।

द्वितीय उपाध्यक्षमा भने इन्द्रबहादुर राउत १०५२ मतका साथ विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी राजेश श्रेष्ठले ७९७ मत प्राप्त गरेको जनाएको छ ।

प्रथम र तृतीय उपाध्यक्षमा भेषबहादुर बस्नेत र बिचारीप्रसाद पराजुली, महासचिवमा इश्वर गुभाजु, सचिवमा तिर्थ पौडेल र सहकोषाध्यक्षमा उद्धव पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ भने १५ जना सदस्य पनि निर्वाचित भएको संघले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्