सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुनेचौतारा । विगत लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएकी सञ्चारकर्मी कमला पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएको छ । नेपाल अमेरिका पत्रकार मञ्चले प्रदान गर्ने सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।कान्तिपुर टेलिभिजनका लागि सिन्धुपाल्चोक भूगोलबाट पत्रकारिता गर्दै आउनु भएकी पाख्रिनलाई ग्रामीण क्षेत्रका हरेक मुद्याहरुलाई सवलीकरण गर्न सहयोग पु¥याएको भन्दै मञ्चले सो पुरस्कार प्रदान गर्न लागेको हो । देशभरिबाट छनौट गर्ने क्रममा सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि अन्तिम छनौटमा परेको…
Author: बिसौनी
चीनको सहयोगमा कुविण्डे जिवन्त गाउँ बन्ने मेलोमा
नगरपालिकाको कुनै एक गाउँलाई नमूना गाउँ बनाउनका लागि नगरपालिकाको योजना रहेको र सो अनुसार कुटनितिक पहलद्वारा कुविण्डेलाई जिवन्त गाउँको रुपमा विकास गर्न चीन सरकार सहमत भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । चौतारा । दक्षिण एशियाली मूलुकहरुमा गरिवी निवारण गर्ने उदेश्यका साथ चीन सरकारले अघि सारेको जिवन्त गाउँ परियोजना सिन्धुपाल्चोकबाट सुरु भएको छ । चीन सरकारले सिन्धुपाल्चोकको कुविण्डेलाई जिवन्त गाउँ बनाउन चासो दिइएको हो । त्यसका लागि चिनियाँ अधिकारीहरुको एक टोली कुविण्डे सोमबार आइपुगे । कृषि र पशुपालनलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग पु¥याउदै स्थानीयको जीवनस्तरमा सुधार गर्नका साथै शिक्षा, स्वास्थ्य…
राप्रपा जिल्ला सदस्य संसार श्रेष्ठद्वारा पार्टी त्याग
सुप्रिन्स कसजू /चौतारा । विगत लामो समयदेखि राप्रपाबाट राजनीति गर्दै आएका संसार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका छन् । २०४८ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकसँग आवद्ध रहँदै आएका श्रेष्ठले आइतबार सो पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनाामा दिएका हुन् । राप्रपा जिल्ला सदस्य रहेका श्रेष्ठले संस्थागत भन्दा पनि पार्टीमा व्यक्तिगत स्वार्थको हावि भएको, राष्ट्रिय समस्या निकासका लागि पार्टीले कुनै भूमिका निर्वाह गर्न नसकेको र ढुलमूले नीति लिएको कारण आफूले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा गरेको बताए । ६ पटकसम्म महाधिवेशन प्रतिनिधि र दुईपटक जिल्ला सचिवको समेत…
प्रकाश सपुतको नयाँ गीत ” दमाई महाराज” के विवादरहित होला? यस्तो छ गीत , हेरौं भिडियो
काठमाडौ । गायक प्रकाश सपुतको नयाँ गीत “दमाई महाराज” उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । हरेक गीतमा कथा उन्न सिपालु प्रकाशले यो गीतलाई पनि कथानक बनाएका छन् । हेरेक जसो गीतमामा विवाद झेल्दै आएको प्रकाशको यो नयाँ गीत के विवादरहित होला र ? प्रश्नको उत्तर यही गीतले दिनेछ । त्यसो भए गीतको भिडियो हेर्न तलको भिडियोमा क्लिक गर्न ढिला नगरौं बिसौनीbisouni.com
क्रान्तिकारी विद्यार्थीले गर्यो एसइइ उत्तीर्णहरुलाई सम्मान
मोनिका विश्वकर्मा, चौतारा । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा शुक्रबार आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले इच्छाएको विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी सुझबुझका साथ आफ्नो अध्ययनलाई अगाडी बढाउनुपर्न उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले…
तातोपानी नाका : निर्यात ठप्प, आयात फाट्टफुट्ट
गत वैशाख १८ गते नेपाली सामाग्री बोकेको कण्टेनरलाई चिनियाँ अधिकारीहरुले दुई मुलुकबीचको सबैभन्दा पुरानो नाकामा बडो धुमधामका साथ भव्य स्वागत गरे । त्यसपछि धेरैलाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाका पुरानै अवस्थामा फर्कने विश्वास जागेको थियो । २०७२ सालको भूकम्पलगत्तै एकतर्फीरुपमा मात्र सञ्चालनमा आएको उत्तरको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताइयो । औपचारिकरुपमा नाका पुन सञ्चालनमा आएपछि यहाँका व्यापारी, राजनीतिकर्मी र स्थानीय खुशील गद्गद् भए । तातोपानी नाका पुरानै लयमा फर्कने सबैले विश्वास गरे । तर सो दिन बाहेक एक कण्टेनर सामान पनि नेपालबाट उता नगएको तातोपानी…
चेतनाद्वारा महिलालाई रकम वितरण, वितरित रकम परिणामुखी हुने मेयर सापकोटाको विश्वास
चौतारा । सिन्धुपाल्चोक चौतारास्थित चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको ससर्त अनुदान अन्तर्गतको रु दुई लाख रुपैया अनुदान रकम आयआर्जनका लागि ८ जना महिलाहरुलाई जनही २५ हजारको दरले आज नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वितरण गर्नु भएको हो । सो अवसरमा वितररित रकमबाट परिणाम आउने गरि आयआर्र्जनमा वृद्धि भएको पाइएमा नगरले पुन सहयोग गर्ने नगरप्रमख सापकोटाले प्रतिवद्धता जाहेर गर्नुभयो । वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वितरित रकमको सही सदुपयोग भयो कि भएन भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो…
समिक्षाको ” म मर्छु तिमी विना ” सार्वजनिक ( भिडियोसहित)
काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ । बिसौनीbisouni.com
ब्याटमिन्टनमा कसले मार्यो बाजी ?
ब्याटमिन्टनमा कसले मार्यो बाजी ?चौतारा । तीनदिनदेखि जारी सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिताको नगरकप उपाधी मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जाडिले उचाल्न सफल भएको। चौतारास्थित कभर्डहलमा शनिबार भएको फाइनल प्रतियोगिताको पुरुष डवलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको हो । द्धितीय श्रेष्ठको जोडी र तृतीय भएका राजन श्रेष्ठ, मनोज लामाको जोडी, र अजय श्रेष्ठ, अमृत कार्कीको जोडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले क्रमश रु ३० हजार,२० हजार,५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै महिला सिंगलतर्फ…
धान दिवस: दिनभरि खेतमा आलि लगाउदै, बाउसे गर्दै मेयर सापकोटा
हिलाम्मे खेतमा मेयर सापकोटाले ट्याक्टर चलाए आलि लगाए । फेरि धानको बीउ लिन आफै ब्याडमा कुदे अनि धान रोपे पनि । मेलो अगाडि बढ्दै गयो । तर मेयर सापकोटाको मेलो भने टुँगिएन । न त थकानको कुनै महसुस नै गरे उनले । बरु उल्टै दतचित्त भएर धान रोपाँइमा लागिरहे । चौतारा । उमेरको गणितले ६४ को उकालो लाग्दै गरेको एउटा बुढोउन्मुख शरीर । तर श्रम र जाँगरको गणितले भर्खर २० को उकालो लाग्दै गरेको उर्जावान र कर्मठ लाठे । त्यसैले झण्डै मध्यान्ह्र १२ बजे खेतमा पसेका उनी ४ बजे मात्र…
