चीनको सहयोगमा कुविण्डे जिवन्त गाउँ बन्ने मेलोमा

नगरपालिकाको कुनै एक गाउँलाई नमूना गाउँ बनाउनका लागि नगरपालिकाको योजना रहेको र सो अनुसार कुटनितिक पहलद्वारा कुविण्डेलाई जिवन्त गाउँको रुपमा विकास गर्न चीन सरकार सहमत भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।


चौतारा । दक्षिण एशियाली मूलुकहरुमा गरिवी निवारण गर्ने उदेश्यका साथ चीन सरकारले अघि सारेको जिवन्त गाउँ परियोजना सिन्धुपाल्चोकबाट सुरु भएको छ ।


चीन सरकारले सिन्धुपाल्चोकको कुविण्डेलाई जिवन्त गाउँ बनाउन चासो दिइएको हो ।


त्यसका लागि चिनियाँ अधिकारीहरुको एक टोली कुविण्डे सोमबार आइपुगे । कृषि र पशुपालनलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग पु¥याउदै स्थानीयको जीवनस्तरमा सुधार गर्नका साथै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासमार्फत कुविण्डेलाई जिवन्त गाउँ बनाउने चिनियाँ अधिकारीहरुले उद्घोषसमेत गरे ।


निर्वतमान सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दुतावासका आर्थिक तथा वाणिज्य काउन्सुलर सियूले सो अभियानलाई कार्यान्वयन गर्दैे चीन–दक्षिण एशियाली मूलुकहरु गरिवी निवारण तथा विकास सहयोग केन्द्रको ‘जिवन्त गाउँ’ नमूना परियोजनाको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।


परियोजना अन्तर्गत जिवन्त गाउँका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ कुविण्डेलाई कृषि र पशुपालनका लागि चीन सरकारले आर्थिक र प्राविधिक सहयोग उपलव्ध गराइने छ । दुध पकेट क्षेत्रको रुपमा समेत परिचित कुविण्डेलाई कृषि र पशुपालनमार्फत नै जिवन्त गाउँ बनाउने योजना रहेको चिनियाँ अधिकारीहरुले बताउनुभयो । कुविण्डेलाई जिवन्त गाउँ बनाउन आफूहरु प्रतिवद्ध रहेको बताउँदै काउन्सुलर सियुले सो परियोजना दक्षिण एशियामा नै पहिलोपटक नेपालको सिन्धुपाल्चोकबाट सुरु गरेको बताउनुभयो । उहाँले कुविण्डेलाई पहिलोचरणमा कृषि र पशुपालनका लागि सहयोग गर्ने र सो सँगै सडक, शिक्षा, खानेपानी जस्ता पूर्वाधारमा सहयोग गर्दै जाने योजना रहेको बताउनुभयो ।


निर्वतमान सभामुख सापकोटाले जीवन्त गाउँ परियोजनामार्फत कुविण्डेलाई जीवन्त गाउँ बनाउने चिनियाँ परियोजनालाई सबैले सघाउनु पर्ने बताए ।


समारोहमा कृषि तथा ग्रामीण विकास आयोग चीनका निर्देशक लि जिउहोङ, साउथवेष्ट विश्वविद्यालय चीनका लि छुयेङले परियोजनाबाट कुविण्डे जिवन्त गाउँ बन्नका साथै आर्थिक स्तरोन्नतीका लागि परियोजना बरदान सावित बताउनुभयो ।


समारोहमा काउन्सुलर सियुले कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटालाई दुध प्याकिङ मेशिन हस्तान्तरण गर्नुभयो । साथै निर्वतमान सभामुख सापकोटा र काउन्सुलर सियुले संयुक्तरुपमा वडा ४ का ४ सय ३६ जना विद्यार्थीलाई १८ किसिमका शैक्षिक र स्वास्थ्य सामाग्रीसहितको विद्यालय झोला वितरण गर्नु भयो ।


नगरपालिकाको कुनै एक गाउँलाई नमूना गाउँ बनाउनका लागि नगरपालिकाको योजना रहेको र सो अनुसार कुटनितिक पहलद्वारा कुविण्डेलाई जिवन्त गाउँको रुपमा विकास गर्न चीन सरकार सहमत भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । चीन सरकारले यो परियोजनका लागि नेपालका पाँच गाउँलाई छनौट गरिए पनि अन्तिमामा कुविण्डेलाई रोजेको हो । भौगोलिक, हावापानी, वातारण रहनसहनको अध्ययन पश्चात जिवन्त गाउँ परियोजना अन्तर्गत कुविण्डे चिन सरकारको रोजाईमा परेको हो ।

चीन सरकारकै सहयोगमा कुविण्डेबाट झण्डै २ घण्टाको दुरीमा रहेको जुगलको चनौटेमा रत्नराज्य माविको भव्य भवन निर्माण भइसकोको छ भने आधि घण्टाको दुरीमा रहेको चौतारा अस्पतालको भवन निर्माण हुँदैछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्