आलु खेतिबाट जुगलका किसान आत्मनिर्भरतर्फ

चौतारा । आफूले उत्पादन गरेको आलुले राजधानीमा बजार पाउन थालेपछि सिन्धुपाल्चोक जुगलका किसानहरु हौसिएका छन् ।जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा उत्पादन भएको आलुको माग राजधानीमा बढ्न थालेपछि किसानहरु आलु खेतिबाट हौसिएका हुन् ।हिमाली क्षेत्र भएका कारण अन्य बालीहरुको उव्जनी राम्रो नहुने र आलु खेतीको संभावना प्रचुर रहेका कारण गत वर्षबाट किसानहरु आलु खेतितर्फ आकर्षित भएका थिए ।झण्डै ३ टन आलु विक्री वितरणका लागि राजधानी पु¥याईएको र राजधानी काठमाण्डौंमा आलुको खपत राम्रै भएपछि आफूहरुमा हौसला बढेको जुगल गाउँपालिका वडा न ६, स्याउजेका देवीबहादुर श्रेष्ठले बताउनुभयो । यसअघि घरायसी प्रयोगका लागि…

चौतारा टुँडिखेल : काम गर्ने कालु मकै खाने भालु

खेलमैदाभित्र गाडीको म्याराथुन चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित खेलमैदान टुँडिखेलमा गाडीले दाँइ गर्न थालेपछि खेलप्रेमीहरु क्षुब्ध भएका छन् । निर्माणाधिन मिनि रंगशालाका कारण अस्तव्यस्त बनेको टुँडिखेलमा केही महिना अघि मात्र स्थानीय खेलप्रेमी, खेलाडीहरुले यत्रतत्र छरिएर रहेको ढुँगा, काठपात, रड, बालुवा लगायतका सामाग्री हटाउनका साथै माटोको ढिस्कोलाई स्काइभेटरले सम्याएर खेलमैदान बनाएका थिए । मिनि रंगाशाला निर्माणको क्रममा चरम लापरवाही र ढिलासुस्ति भएपछि निर्माण सामाग्रीलाई हटाएर खेलकूद गतिविधि सञ्चालनका लागि सफाचट बनाएको टँुडिखेलमा मैदान नै विग्रिने गरि सवारी साधनहरु पार्किङ गर्न थालेपछि खेलाडिहरु आक्रोशित भएका हुन् । गाडी पार्क गर्न थालेपछि…

डेंगु संक्रमणको हट स्पट बन्दै मेलम्ची

समयमा नै डेंगु नियन्त्रणका लागि कार्यक्रम तर्जुमा गर्न नसके सिन्धुपाल्चोकमा यसले महामारीको रुप लिनेतर्फ सरोकारवालाहरुले सचेत गराएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुले जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्दो अवस्थामा रहेको हुनाले यसतर्फ तालिकदार सरकारी, गैरसरकारी निकाय र स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाएका हुन् ।जिल्ला स्वास्थ्य प्रमुख अनुप अधिकारीले जिल्लामा डेंगु संक्रमण बढ्दै गएको हुनाले यसको नियन्त्रण र रोकथामका लागि एक्सनका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । जिल्लाको सन्दर्भमा हालसम्म ९ जनामा यो संक्रमण देखिएको र त्यस मध्यमा पनि ८…

सिन्धुपाल्चोकमा ६ हजार बढीमा मोतिविन्दुको समस्या,तत्काल अप्रेशन हुनुपर्ने

चौतारा । सिन्धुपाल्चोक जिल्लामा ६ हजार पाँचसय जनामा मातिविन्दुको समस्या रहको तथ्याङ्का सार्वजनिक भएको छ ।जिल्ला सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजना सम्वन्धी सल्लाकार समितिको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।बुधबार भएको बैठकमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो । २२ जना स्वास्थ्यकर्मीलाई आँखा स्वास्थ्य उपचार सम्वन्धी तालिम बढ्दो आँखा स्वास्थ्य सम्वन्धी समस्या निराकरण, उपचार र निदान गर्ने हेतुले जिल्लाका २२ जना स्वास्थ्यकर्मीलाई आँखा उपचार सम्वन्धी तालिम…

उद्योग बाणिज्य संघको स्थापना दिवसमा बिद्यार्थीहरुलाई सहयोग

उद्योग बाणिज्य संघको स्थापना दिवसमा बिद्यार्थीहरुलाई सहयोग

निर्मल बस्नेत (३० साउन २०८०) सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २९ औँ बर्षमा प्रबेश गरेको छ । स्थापना दिवशको अवसरमा बाह्रबिसे नगरपालिका रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई शैक्षिक पोषाक र खाद्यन्न सहयोग गरिएको संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार )ले बताए । उनका अनुसार २०५२ सालमा स्थापना भएको संघ जसको मूख्य कार्यालय बाह्रबिसेमा रहेको छ । जस अन्तरगत जिल्लाको सदरमुकाम चौतारा र मेलम्चीमा शाखा कार्यालय सञ्चालन गरि सामाजिक क्षेत्रमा विविध कामहरु गर्दै आईरहेको छ । संघ स्थापना दिवशको अवसरमा मूख्य कार्यालय बाह्रबिसेमा केक काटेर सिन्धु बहिरा आधारभूत…

चिनीमा मिसावट नभएको अनुगमनबाट ठहर

चौतारा (२०८०  साउन ३०) सिन्धुपाल्चोकको चौतारा बाजारको एक चिया पसलमा चिनीमा मिसावट भनि सामाजिक सञ्जाल र सञ्चारमाध्ममा छ्यापछ्याप्ती आएपछि तत्काल अनुगमन समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । श्रेष्ठको नेतृत्वमा खटीएको अनुगमन टोलीले चिनीमा मिसावट नभएको ठहर गरेको छ । जिल्ला अनुगमन समितिले बजारको चिनी खरीद गरिएको पसल लगाएत १ दर्जन पसलहरुमा गरिएको अनुगमनमा कहि मिसावट भएको चिनी फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए । उनका अनुसार यस भन्दा बाहेक नियमित रुपमा जिल्लामा संचालित होटल तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता…

वैदेशिक रोजगारबाट फर्केका महिला बारे सञ्चारकर्मीको चासो

कल्पना श्रेष्ठ / चौतारा वैदेशिक रोजगारबाट फर्किएका आदिवासी जनजाति महिलाहरुको जिविकोपार्जनका लागि वातावरण निर्माण गर्नुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् ।आर्थिक उपार्जनका लागि जोखिम मोलेरै भए पनि वैदेशिक रोजगारमा गएका तर फर्केपछि अधिकाँश जनजाति महिलारुको अवस्था उस्तै रहेको निष्कर्ष निकाल्दै त्यस्ता महिलाहरुको पहिचान गरि उनीहरुलाई जिविकोपार्जनमा जोड्नु पर्ने राय सिन्धुपाल्चोकका सञ्चारकर्मीहरुले दिएका हुन् । बैदेशिक रोजगारबाट फर्केका आदिवासी महिलाहरुकोसमस्या, अवस्था र जिविकोपार्जन सम्बन्धी सञ्चारकर्मीहरुसंगको एकिदिने छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्दै सामाजिक, पारिवारिकरुपमा पूनर्स्थापना गर्दै रोजगारी र आयआर्जनमा संग्लन…

मेलम्चीका३ जनासहित ५ जना पक्राउ

काठमाडौँ । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर, रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन्।उनीहरूलाई काठमाडौँको बौद्ध र थली एरियामा गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरिएको हो । समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली…

दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटक पटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला होस् कार्यस्थलमा रातदिन अरोरात्र खट्ने जनप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ । झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका उहाँ हाल स्वास्थ्यमन्त्री हुनुभएको अढाई महिनामै स्वास्थ्यका क्षेत्रमा क्रान्तिकारी काम प्रारम्भ गरेर चर्चामा हुनुहुन्छ । उहाँले यस अवधिमा दुई वर्षभित्रमा गरिब तथा विपन्न नागरिकलाई र पाँच वर्षभित्र सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने महत्वाकांक्षी कार्यको घोषणा गरी कार्यान्वयनको सुरुआत गर्नुभएको छ…

कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दै

कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दैनयाँ घरको भविष्य अन्यौल र अन्धकार देख्न थालेपछि सिन्धुपाल्चोकका कम्रेडहरु पुरानै नै घरमा फर्कन कम्मर कसेर लागेका छन् । नयाँ घर एकीकृत समाजवादीमा रहेर आफ्नो राजनीतिक भविष्य नै भद्रगोल हुने ठहर गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरु पुरानै घर एमालेको ढोका ढकढक्याउन पुगेका हुन् ।एमाले विभाजनपछि एकीकृत समाजवादी बनेका सिन्धुपाल्चोकका झण्डै एक दर्जन नेता तथा कार्यकर्ता पुरानै घर एमालेमा फर्कन लागेको स्रोतको दावी छ । फर्कन लागेकाहरुमा पूर्व सांसद, समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य, गम्भीरलाल श्रेष्ठ, उपेन्द्र तामाङ, शिवराम भट्टराइ, सचिव दीपक नेपाल,…