क्रान्तिकारी विद्यार्थीले गर्‍यो एसइइ उत्तीर्णहरुलाई सम्मान

मोनिका विश्वकर्मा, चौतारा । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा शुक्रबार आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले इच्छाएको विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी सुझबुझका साथ आफ्नो अध्ययनलाई अगाडी बढाउनुपर्न उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले…

तातोपानी नाका : निर्यात ठप्प, आयात फाट्टफुट्ट

गत वैशाख १८ गते नेपाली सामाग्री बोकेको कण्टेनरलाई चिनियाँ अधिकारीहरुले दुई मुलुकबीचको सबैभन्दा पुरानो नाकामा बडो धुमधामका साथ भव्य स्वागत गरे । त्यसपछि धेरैलाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाका पुरानै अवस्थामा फर्कने विश्वास जागेको थियो । २०७२ सालको भूकम्पलगत्तै एकतर्फीरुपमा मात्र सञ्चालनमा आएको उत्तरको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताइयो । औपचारिकरुपमा नाका पुन सञ्चालनमा आएपछि यहाँका व्यापारी, राजनीतिकर्मी र स्थानीय खुशील गद्गद् भए । तातोपानी नाका पुरानै लयमा फर्कने सबैले विश्वास गरे ।  तर सो दिन बाहेक एक कण्टेनर सामान पनि नेपालबाट उता नगएको तातोपानी…

चेतनाद्वारा महिलालाई रकम वितरण, वितरित रकम परिणामुखी हुने मेयर सापकोटाको विश्वास

chetana

चौतारा । सिन्धुपाल्चोक चौतारास्थित चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको ससर्त अनुदान अन्तर्गतको रु दुई लाख रुपैया अनुदान रकम आयआर्जनका लागि ८ जना महिलाहरुलाई जनही २५ हजारको दरले आज नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वितरण गर्नु भएको हो । सो अवसरमा वितररित रकमबाट परिणाम आउने गरि आयआर्र्जनमा वृद्धि भएको पाइएमा नगरले पुन सहयोग गर्ने नगरप्रमख सापकोटाले प्रतिवद्धता जाहेर गर्नुभयो । वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वितरित रकमको सही सदुपयोग भयो कि भएन भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो…

समिक्षाको ” म मर्छु तिमी विना ” सार्वजनिक ( भिडियोसहित)

काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।  २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।  अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ । बिसौनीbisouni.com

ब्याटमिन्टनमा कसले मार्‍यो बाजी ?

ब्याटमिन्टनमा कसले मार्‍यो बाजी ?चौतारा । तीनदिनदेखि जारी सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिताको नगरकप उपाधी मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जाडिले उचाल्न सफल भएको। चौतारास्थित कभर्डहलमा शनिबार भएको फाइनल प्रतियोगिताको पुरुष डवलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको हो । द्धितीय श्रेष्ठको जोडी र तृतीय भएका राजन श्रेष्ठ, मनोज लामाको जोडी, र अजय श्रेष्ठ, अमृत कार्कीको जोडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले क्रमश रु ३० हजार,२० हजार,५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै महिला सिंगलतर्फ…

धान दिवस: दिनभरि खेतमा आलि लगाउदै, बाउसे गर्दै मेयर सापकोटा

हिलाम्मे खेतमा मेयर सापकोटाले ट्याक्टर चलाए आलि लगाए । फेरि धानको बीउ लिन आफै ब्याडमा कुदे अनि धान रोपे पनि । मेलो अगाडि बढ्दै गयो । तर मेयर सापकोटाको मेलो भने टुँगिएन । न त थकानको कुनै महसुस नै गरे उनले । बरु उल्टै दतचित्त भएर धान रोपाँइमा लागिरहे । चौतारा । उमेरको गणितले ६४ को उकालो लाग्दै गरेको एउटा बुढोउन्मुख शरीर । तर श्रम र जाँगरको गणितले भर्खर २० को उकालो लाग्दै गरेको उर्जावान र कर्मठ लाठे । त्यसैले झण्डै मध्यान्ह्र १२ बजे खेतमा पसेका उनी ४ बजे मात्र…

चालु आर्थिक वर्षमा सञ्चार रजिष्ट्रारबाट २२२ जना सञ्चारकर्मी लावान्वित

विगत वर्षहरुदेखि नै सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र शसक्तिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चार रजिष्टारको कार्यालयले अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजिटल साक्षरता, उहिलेको पत्रकारिता, बत्तीस कोण, बागमती प्रदेशमा मिडिया जस्ता कृति पनि प्रकाशन गरिसकेको छ । काठमाणडौं । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले चालु आर्थिक बर्षमा सञ्चालन गरेका आवासीय तालिमबाट २२२ जना पत्रकार लावान्वित भएका छन् ।पत्रकारहरुको क्षमता र सीपमा अभिवृद्धि गर्दै गुणस्तरिय पत्रकारिताको माध्यमबाट सही र तथ्य समाचार संप्रेषणको वातावरण सिर्जना गर्र्न हेतुले गरिएको विभिन्न तालिमबाट सञ्चारकर्मी, प्राविधिक तथा व्यवस्थापक प्रशिक्षित भएका हुन् ।चालु आर्थिक वर्षमा आयोजित तालिमबाट पुरुष पत्रकार…

खेलाडीको उत्साह मर्न दिने छैन-मेयर सापकोटा । ब्याटमिन्टनमा यी खेलाडीले मारे बाजी

चौतारा । सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट नगरकप ब्याटमिन्टन प्रतियोगिता सुरु भएको हो । जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको प्रतियोगिताको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साह मर्न नदिने र खेलाडीहरुको सशक्तताका लागि नगरले कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनु भयो । मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा प्रतियोगिता सञ्चालन हुने छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्धितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु…

आत्मनिर्भर हुन नसक्दा हिंसा सहन वाध्य

विनिशा विक/ चौतारा सन्धुपाल्चोक चौताराकी सिता तामाङ (परीवर्तीत नाम) लामो समयदेखि श्रीमानबाट घरेलु हिंसा सहन बाध्य हुनुहुन्छ । पटकपटक मदिरा सेवन गरि कुटपिट तथा गाली गलौज गरेका कारण उनी मात्र होइन, उहाँको पूरै परिवार समस्यामा छ । उहाँ भन्नुहुन्र्छ“रक्सी मुखमा परेपछि बेस्कन कराउने कुट्ने गर्छ ,कहिलेकाँहि त तिन दिनसम्म पनि उठ्न सक्दिन ”। “प्रहरीमा उजुरी गर्न जाउँभने आफन्तले पर्दैन भन्छन् नजाउँ दिनदिनै कति कुटाई खानु ”। उसो त मादिरा पिएर पतिले सधैं कुट्ने गरेको भन्दै विभिन्न स्थानमा महिलाहरूले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा उजुरी गरेपनि घटना सहमति र मेलमिलापमा टुंगिने…

लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन चौतारामा प्रभातफेरी

चौतारा । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोककोआयोजनामा प्रभातफेरी निकालिएको हो । चौतारा भिन्तुनाचोकबाट सुरु भएको प्रभातफेरी चौतारा बजार हुँदै टँडिखेलचोकमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले संचेतनामार्फत नै लागु औषध दुव्र्यसनी न्यूनकरण र निराकरण गर्न सकिने बताउनुभयो । सिन्धुपाल्चोक प्रहरी प्रमुख बालनरसिंह राणाले लागु औषध दुव्र्यसनी नियन्त्रण र न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विद्यालय र समूदायमा संचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो…