भवनका लागि जग्गादाताको खोजीमा सुनकोसी गाउँपालिका

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका निम्ति दाताहरुसँग जग्गा मागेको छ । गत मंसिर २० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार निःशुल्क जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए । प्रशासनिक भवन निर्माणका लागि २०७५ भदौ २६ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डबमोजिम ६ रोपनी जग्गा आवश्यक पर्ने उनको भनाई छ । वडा १ देखि ७ सम्म जुनसुकै स्थानमा भएको जग्गा उपयुक्त हुने उनले जानकारी दिए । गाउँपालिकाले निःशुल्क रुपमा जग्गा दिन इच्छुक जग्गादाता, संघसंस्थालाई ३५ दिनभित्र कागजातसहित उपस्थित हुन आग्रह गरेको छ । जग्गादाताले जग्गा उपलब्ध गराउने प्रतिबद्धतापत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, जग्गा रहेको नक्सा वा ट्रेसको प्रतिलिपि पेश गर्नुपर्नेछ । ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७५–५–२६ गते स्वीकृत मापदण्डबमोजिम आवश्यक पर्ने कम्तीमा ६ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराउन इच्छुक जग्गादाता, संघसंस्थाहरुलाई प्रकाशन भएको ३५ दिनभित्र तपसिलका कागजातसहित गाउँ कार्यपालिका कार्यालयमा सम्पर्कका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका निम्ति दाताहरुसँग जग्गा मागेको छ । गत मंसिर २० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार निःशुल्क जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए । प्रशासनिक भवन निर्माणका लागि २०७५ भदौ २६ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डबमोजिम ६ रोपनी जग्गा आवश्यक पर्ने उनको भनाई छ । वडा १ देखि ७ सम्म जुनसुकै स्थानमा भएको जग्गा उपयुक्त हुने उनले जानकारी दिए । गाउँपालिकाले निःशुल्क रुपमा जग्गा दिन इच्छुक जग्गादाता, संघसंस्थालाई ३५ दिनभित्र कागजातसहित उपस्थित हुन आग्रह गरेको छ । जग्गादाताले…

दुम्सी मार्न खोज्दा आफै विते डम्बरबहादुर

दुम्सी मार्न खोज्दा आफै विते डम्बरबहादुर

पाल्पा । भरुवा बन्दुकको छर्रा लागेर निस्दी गाउँपालिका–४, मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मरबहादुर सारुको निधन भएको छ । प्रहरीका अनुसार आफैंले बोकेको भरुवा बन्दुकको छर्रा लागेर सारुको मृत्यु भएको हो । गएराति भरुवा बन्दुक बोकेर फापर बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लड्दा बन्दुक पड्केको र त्यसपछि पड्केको छर्राका कारण उनी गम्भीर घाइते भएका हुन् । तत्काल उपचारार्थ रामपुर अस्पताल पुर्याइएकोमा सारुको आज बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, रामपुरबाट खटिएको टोलीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक र झोला फेला पारेको छ । बिसौनीbisouni.com

बगरमा भेटियो मानव खप्पर

बगरमा भेटियो मानव खप्पर

चितवनको खैरहनीमा मानिसको खप्पर र हड्डी फेला परेको छ । नवकंकाली टोल कयरखोलाको बगरमा टाउकोको खप्पर र शरीरका विभिन्न भागको हड्डी फेला परेको बताइन्छ । स्थानीय महिलाले घाँस काट्न जाने क्रममा खप्पर देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीेले मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिएको छ । बिसौनीbisouni.com

चौतारा छापमा एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण

चौतारा छापमा एक सय घरधुरीलाई कम्बल वितरण

चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ छापका स्थानीयका लागि न्यानो सामाग्री वितरण गरिएको छ । छापका एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको हो । समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरेको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएको थियो । कम्बल पाएपछि स्थानीय जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरु खुशी भएका छन् । बिसौनीbisouni.com

चौतारा साँगाचोकगढीले प्रभातफेरी गर्दै मनाइयो मानव अधिकार दिवस

human right

मोनिका बिक / चौतारा ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको छ चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आज बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभात फेरि कार्यक्रम भएको हो। संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै जिम्मेवारपूर्ण दायित्व नागरिकले पनि निर्वाह गर्नुपर्ने तर्फ औल्याउनु भयो । नागरिकले पनि आफ्नो अधिकार प्रयोग गरिरहँदा अरुको अधिकार हनन नहुने गरी आफ्नो कर्तव्य निर्वाह मात्र गरेमा पनि मानव अधिकार हननका घटनाहरु न्यूनीकरण हुने…

सिन्धुपाल्चोकका ५ स्थानीय तहले भूकम्प प्रभावितलाई ४३ लाख सहयोग गर्ने

बाह्रबीसे, त्रिपुरा र भोटेकोसीले भूकम्प प्रभावितलाई ३५ लाख सहयोग गर्ने

सिन्धुपाल्चोक । जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि सिन्धुपाल्चोकका ५ वटा स्थानिय तहले सहयोग उपलब्ध गराउने भएको छ ।बाह्रबीसे नगरपालिका, बलेफी, भोटेकोसी, त्रिपुरा सुन्दरी र जुगल गाउँपालिकाले भूकम्प प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका हुन । बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , बलेफी गाउँपालिकाले ५ लाख,भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया , त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख र जुगल गाउँपालिकाले ३ लाख रुपैया गरि जम्मा ४३ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताइएको छ । दुखको घडीमा एकले अर्कोलाई सहयोग गर्नु नै मानवीय धर्म र कर्म भएको हुँदा आफूहरुले सहयोग गर्ने निर्णय गरेको बलेफी…

अपडेट : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

अपडेट : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

सुर्खेत । शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । मृत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाइते हुनेको सङ्ख्या १६६ पुगेको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते…

तस्वीरमा भूकम्पग्रस्त जारजरकोट : मृत्यु हुनेको संख्या १२८ पुग्यो

काठमाडौँ । जाजरकोट भूकम्पका कारण मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा मात्र ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । बिसौनीbisouni.com

जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ७२ जना पुग्यो

जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ७२ जना पुग्यो

काठमाडौं। जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ७२ नाघेको छ । रुकुममा मात्र कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने जरकोटमा ३७जनाको मृत्यु भएको छ । गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ । भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ । त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।अहिले पनि उद्धारको…

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौं। जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११:४७, १२:०८, १२:२९ र १२:३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । घाइतेको तत्काल खोज…