सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका निम्ति दाताहरुसँग जग्गा मागेको छ ।
गत मंसिर २० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार निःशुल्क जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।
प्रशासनिक भवन निर्माणका लागि २०७५ भदौ २६ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डबमोजिम ६ रोपनी जग्गा आवश्यक पर्ने उनको भनाई छ । वडा १ देखि ७ सम्म जुनसुकै स्थानमा भएको जग्गा उपयुक्त हुने उनले जानकारी दिए ।
गाउँपालिकाले निःशुल्क रुपमा जग्गा दिन इच्छुक जग्गादाता, संघसंस्थालाई ३५ दिनभित्र कागजातसहित उपस्थित हुन आग्रह गरेको छ ।
जग्गादाताले जग्गा उपलब्ध गराउने प्रतिबद्धतापत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, जग्गा रहेको नक्सा वा ट्रेसको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७५–५–२६ गते स्वीकृत मापदण्डबमोजिम आवश्यक पर्ने कम्तीमा ६ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराउन इच्छुक जग्गादाता, संघसंस्थाहरुलाई प्रकाशन भएको ३५ दिनभित्र तपसिलका कागजातसहित गाउँ कार्यपालिका कार्यालयमा सम्पर्कका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख