मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर भेलाले ढकाललाई सभापतिमा चयन गरेको हो । ।
उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने, उपसभापति दिनेश हुमगाई, उद्योग बाणिज्य तथा उपभोक्ता हित बिभागका सदस्य कुमार श्रेष्ठ लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि प्रकाश परियारले कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको उदय,सरकारमा सहभागि हुनुको कारण, पार्टी कसरी अगाडि बढ्दैछ लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले गाउँ, समाज र देशको लागि अहोरात्र लागिपर्नका लागि संगठनहरुलाई निर्देशन दिनुभयो । उहाँले आगामि दिनमा टोल टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तार गर्न सिङ्गो नगरको टिम खटिने विश्वास ब्यक्त गर्नुभयो ।
भेला जिल्ला अध्यक्ष माया गुरुङको सभापतित्वमा भएको थियो ।