जलविरे भ्याली क्याम्पस क्रान्तिकारीको पोल्टामा

निर्मल बस्नेत

जलबिरे , जलबिरे भ्यालीमा क्रान्तिकारीका अच्युत अधिकारी बिजयी निर्मल बस्नेत । जलबिरे (५ चैत्र २०७९)जलबिरे भ्याली क्याम्पस जलबिरेकाे स्वबियु सभापतिमा अखिल (क्रान्तिकारी) का अच्युत अधिकारी बिजयी भएका छन् ।

अधिकारीले नेबिसंघका सुदेश ढकाललाई ३० मतले पछि पार्दै बिजयी भएका हुन् । कुल मतदाता १ सय ९१ मध्ये १ सय ८१ मतदाताले मतदान गरेका थिए । अधिकारीले ७९ मत पाउदा नेबिसंघका ढकालले ४९ मत पाएका छन् ।

No description available.

त्यस्तै अर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गाेलेले ४६ मत पाए । त्यस्तै अखिल (क्रान्तिकारी) कै सचिवमा बिक्रम भट्टराई, काेषाध्यक्ष दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क, कृष्णकुमारी गाेतामे र अस्मिता श्रेष्ठ निर्वाचित भएका छन् ।

No description available.

ब्रम्हायणी करिडाेरकाे ब्रम्हायणी नदी किनार छेउमा अवस्थित एकमात्र क्याम्पस,जलबिरे भ्याली क्याम्पसमा जुगल गाउँपालिकाका सात वटै वडा, बलेफी गाउँपालिका १,२,३ र ४ नम्बर वडा र चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर २,३ र ४ का बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्