एमालेको मिशन ग्रासरूट कार्यक्रममा चार ब्यक्तित्व सम्मानित

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राजनीतिक,सामाजिक र शैक्षिक क्षेत्रका चार ब्यक्तित्वलाई सम्मान गरिएको छ ।
पूर्व प्रतिनिधिसभा सदस्य कृष्णराज श्रेष्ठ, समाजसेवी रामबहादुर कार्की, माधवलाल कर्माचार्य र पूर्व शिक्षक नरबहदुर मास्केलाई नेकपा एमाले चौतारा साँगचोकगढी वडा न ५ को कमिटीले सम्मान गरेको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाड नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी अध्यक्ष भक्तलाल श्रेष्ठ लगायतको उपस्थितिमा मिशन ग्रासरुट कार्यक्रम सम्पन्न भएको हो।

नेकपा एमालेको ग्रासरुट कार्यक्रम जिल्लाभर सञ्चालनमा छ । पार्टी सुदृढीकरण तथा विस्तारमा सहयोग पु¥याउने उदेश्यले एमालेले यो कार्यक्रम आयोजना गरिएको हो ।

सिफारिस

प्रतिकृया दिनुहोस्