उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता पनि सांसद बस्नेतले जाहेर गरेको महोनबहादुर बस्नेत सचिवालयले जनाएको छ ।
चितवन । सोमबार राति चितवनमा घाइते भएका सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न प्रतिििधसभा सदस्य मोहनबहादुर बस्नेत आज चितवन पुग्नु भएको छ ।
चितवनस्थित पुरानो मेडिकल कलेजमा पुगेर उपचाररत थापाको स्वास्थ्यस्थिति बुझ्नका साथै साँसद बस्नेतले उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका छन् । सांसद बस्नेतका अनुसार घाइते थापाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोेछ ।

उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता पनि सांसद बस्नेतले जाहेर गरेको महोनबहादुर बस्नेत सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेका सवारी चालक रहेका थापा हिजो सोमबार विहान सभापति लामिछानेको निवासस्थित तीन तल्ला माथि छतबाट खसेर घाइते हुनु भएको थियो । सांसद बस्नेतसँगै बागमति प्रदेशसभा सदस्य मसिना खड्का भण्डारी पनि अस्पताल पुग्नु भएको थियो ।
