बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बारामा आयोजित आमसभालाई सम्बोधन गर्दै देश सेवाका लागि आफूहरू शीरमा कफन बाँधेर आएको बताएका छन् । आगामी बैशाख १० गते हुनगइरहेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले जनता जनताबीच बिभाजन गरि गर्ने राजनीतिको युग अन्त्य भएको उद्घोष गरे ।
उनले नामको पछाडि आउने जातको आधारमा भोट लिएर विभेदमा पारिरहने छुट कसैलाई नभएको जिकिर गरे । बारामा प्रहरी प्रमुख भएर रहँदा आफ्ना पार्टीका उम्मेदवार रमेश खरेलले शान्ती अमनचयनका लागि खेलेको भूमिकाको चर्चा गर्दै सभापति लामिछानेले देशको सपुतलाई बारबासीको सेवा गर्न पून पठाएको बताए ।
चैतको उखरमाउलो गर्मीमा पनि सभा्मा हजारौंको संख्यामा बारावासीहरुको सहभागी रहेका थिए ।