चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले २०८१÷ ०८२ को नीति, कार्यक्रम र बजेट बारे भावुक हुँदै ब्रिफिङ गरिरहेको थिए । हल शान्त थियो । यदपी हलभित्र काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको भने उपस्थिति देखिएको थिएन् । माओवादी, समाजवादीका जनप्रतिधि लगायत कर्मचारी र सञ्चारकर्मीले भरिभराउ हलभित्र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ का टेकबहादुर तमाङको प्रवेश हुन्छ । लगत्तै वडा न २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ रिसाउँदै प्रवेश गर्छन् । प्रवेश गर्ने वित्तिक्कै प्राविधिक भएको ठाउँमा गएर वडा अध्यक्ष श्रेष्ठले माइकको लाइन थुत्छन् र स्पिकर उचालेर भूईँमा बजार्छन् । लगत्तै वडा…

नगरसभाको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढीले गर्‍यो सर्वदलिय बैठक

निर्मल बस्नेत ६ असार , चाैतारा। सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वदलिय बैठक सम्पन्न गरेकाे छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा देश वन्धुको आह्वानमा आज बिहिबार सर्वदलीय बैठक बसेको हाे । संघिय व्यवस्था लागू हुनुपूर्व जिल्ला बिकास समितिले सर्वदलीय सहमतिअनुरुप याेजना निर्माण र बजेट बाँडफाँड हुने गरेका थियाे । संघियतामा गएयता स्थानीय सरकारले आफ्नो मनाेगत निर्णय गर्दै अरुलाई वेवास्ता गरेकाे सर्बत्र आलोचना हुने गरेकाे छ । तर चाैतारा साँगाचाेकगढीले सवैकाे रायसुझाव लिने राम्रो कामकाे अभ्यास गरेकाे छ । नजिकिदै गरेको १६ औ नगर सभामा पालिकाको समग्र बिकास , समृद्धि , पुर्वाधार…

माओवादी फेरि फुट्ने खतरा बढ्यो

माओवादी फेरि फुट्ने खतरा बढ्यो

कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयास निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नतामा जसपा, नेपाल टुक्र्याइएको एकथरीले दावी गरिरहँदा ठूला पार्टी आफैँ भने कति सुरक्षित होलान् ?  के सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि विभाजन हुँदैछ ? गोप्य सूचना स्रोतको दावीलाई मान्ने हो भने आगामी निर्वाचनअघि माओवादीलाई सग्लो नराख्ने योजनासाथ बाह्य शक्तिकेन्द्र भित्रभित्रै सक्रिय हुन थालेको छ । नेपालमा वामपन्थी गठबन्धन आफू प्रतिकूल हुने बुझाइमा रहेको दक्षिणको छिमेकी भारत कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा रहेको चर्चा चलिरहेको थियो ।  त्यसनिम्ति कांग्रेस,…

वाइसियलले सम्पन्न गर्याे प्रशिक्षण , समयको गति पकडेर अघि बढ्न नेताहरुको आग्रह

वाइसियलले सम्पन्न गर्याे प्रशिक्षण , समयको गति पकडेर अघि बढ्न नेताहरुको आग्रह

परिवर्तित व्यवस्थासंगै आफूलाई रुपान्तरण गरि सामाजिकिकरण हनु नै आजको आवश्यकता -सुवोध बिना बिचार र लक्ष्यबिहिन हुलहरुले अहिले सामाजिक प्रणाली र व्यवस्था माथि धावा बोल्ने गरेको – शरद सामुहिक भावनाको बिकास गरि देशलाई सामाजिक न्यायसहित समृद्ध बनाउने वर्तमान कार्भार – सरल निर्मल बस्नेत ५ जेठ, चौतारा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसियल नेपाल सिन्धुपाल्चोकले चौतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । “ उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिश्चि गरौ“ भन्ने मूल नारा दिएर वाइसियलले चौतारामा कार्यक्रम…

क्रान्तिकारी महिलाको अध्यक्षमा तारादेवी राना

क्रान्तिकारी महिलाको अध्यक्षमा तारादेवी

क्रान्तिकारी महिलाको अध्यक्षमा तारादेवीबलेफी । अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुपाल्चोकको अध्यक्षमा तारादेवी राना चयन हुनुभएको छ।सिन्धुपाल्चोक बलेफीमा शनिबार सम्पन्न सङ्घको एघारौं सम्मेलनबाट अध्यक्षमा रानासहित ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।सम्मेलनले उपाध्यक्षमा सुजाता तिमल्सिना र निर्जला दर्जी चयन गरेको छ। सचिवमा भने राममाया तामाङ लाई चयन गरेको छ। सम्मेलनले कोषाध्यक्षमा मिना नेपाल दुलाललाई जिम्मेवारी दिएको छ ।त्यस्तै सदस्यहरूमा लक्ष्मी प्रधान,शर्मिला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली दाहाल, लक्ष्मी माया तामाङ, देवकी पौडेल, मैना तामाङ, शर्मिला खड्का ,गीता कोजु, अम्बिका गौतम, विष्णु माया तामाङ, मिना शर्मा, सावित्री दंगाल, मनमाया…

अग्निको मुद्दामा तात्यो सर्वोच्च

अग्निको मुद्दामा तात्यो सर्वोच्च

द्वन्द्वकालीन घटनाको विवादमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको १७ वर्ष पुरानो मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ प्रारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी संलग्न इजलासमा गत १२ वैशाख यता पाँच थान मुद्दाको एकमुष्ट सुनुवाई हुँदै आएको छ । सापकोटाको विपक्षमा कानुनव्यवसायी ओमप्रकाश अर्याल, ज्ञानेन्द्र आरण, काशीराम ढुङ्गाना, वरिष्ठ अधिवक्ता बाबुराम गिरी र लक्ष्मी पोखरेलको बहश हुने क्रममा सर्वोच्चले हेर्ने वा सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने भनेर ‘बेञ्च’ बाट गहिरो जिज्ञाशा…

भोलि बिहान आहालडाँडामा एमालेले नयाँ नेता छान्ने

भोलि बिहान आहलडाँडामा एमाले नयाँ नेता छान्नेचौतारा । मौसम प्रतिकूल भएपछि एमाले सिन्धुपाल्चोकको अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया भोलि बिहानलाई सारेको छ । आज मतदान हुने भनिएता पनि बिग्रँदो मौसम र अध्यक्ष मण्डलको आदेश अनुसार मतदान भोलि बिहान चौतारास्थित आहलडाँडामा ७ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशन भोलि २० गते सम्पन्न हुने एमालेजनको विश्वास छ । अधिवेशनले नयाँ नेतृत्वसहित नयाँ जिल्ला कार्यसमिति पनि चयन गर्नेछ । जस अनुसार अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । बहालरत अध्यक्षलाई हुँकार दिंदै होमनारायण…

एमाले सिन्धुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

एमाले सिन्धुपाल्चोक अधिवेशन

चौतारा । एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशन चौतारामा तेस्रो दिन पनि जारी छ। शुक्रबारबाट सुरु भएको अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम रहेको छ। नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ।सफ्ट लाइनर नेताको रुपमा चिनिएका बाहालवाला अध्यक्ष कमल नेपाल र हार्ड लाइनरको रुपमा चिनिएका अर्का नेता होम नारायण श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै अध्यक्ष पदमा बादल तामाङले पनि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षका लागि भने अर्जुन भण्डारी, विष्णुमणि आचार्य र सुदनराज गिरीले उम्मेदवारले दिएका छन्…

उपनिर्वाचनको उम्मेद्वार काँग्रेसले फागुनमा टुंग्याउने

काठमाडौँ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१) को उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले बताए । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा ९१०को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ । त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘अहिले पार्टीमा उपचुनावको विषय औपचारिक रूपमा प्रवेश गरेको छैन…