वाइसियलले सम्पन्न गर्याे प्रशिक्षण , समयको गति पकडेर अघि बढ्न नेताहरुको आग्रह

वाइसियलले सम्पन्न गर्याे प्रशिक्षण , समयको गति पकडेर अघि बढ्न नेताहरुको आग्रह

परिवर्तित व्यवस्थासंगै आफूलाई रुपान्तरण गरि सामाजिकिकरण हनु नै आजको आवश्यकता -सुवोध

बिना बिचार र लक्ष्यबिहिन हुलहरुले अहिले सामाजिक प्रणाली र व्यवस्था माथि धावा बोल्ने गरेको – शरद

सामुहिक भावनाको बिकास गरि देशलाई सामाजिक न्यायसहित समृद्ध बनाउने वर्तमान कार्भार – सरल

निर्मल बस्नेत

५ जेठ, चौतारा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसियल नेपाल सिन्धुपाल्चोकले चौतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

“ उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिश्चि गरौ“ भन्ने मूल नारा दिएर वाइसियलले चौतारामा कार्यक्रम गरेको हो ।
वाइसियलले गरेको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्र पार्टी केन्द्रीय सदस्य एवं वाईसीएल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) ले देशमा गलत कुराको अफवा फैलाउनेहरु हावी भइरहेकोले त्यसलाई रोकेर राष्ट्रप्रेमको भाव पैदा गराउन अग्रसर हुनमा सवैले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले माओबादी जनयुद्ध र शान्तिप्रकृयापछि पार्टीको नेतृत्वमा भएको सामाजिक परिवर्तन र बिकास निर्माणको कामले तीब्र गति लिएको दावी गरे ।
खागगरि पछिल्लो समय नीति ,विधि र पद्धतिभन्दा बाहिर समाजको गतिविधि चल्दै आएकोले उक्त गतिविधि नियन्त्रण वाइसीएलले गर्नुपर्ने बर्तमान कार्यभार रहेको महसुस गरि प्रशिक्षण कार्यक्रम गरिएको वाइसीएलले जनाएको छ ।


वाइसीएल सिन्धुपाल्चोकले गरेको प्रशिक्षण कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद माधब सापकोटा सुबोध , पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल (शरद) र पार्टी वाग्मती प्रदेश समिति अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले युवाहरुलाई प्रशिक्षित गरेका छन् । प्रशिक्षण कार्यक्रममा जिल्लाभरबाट युवाहरु सहभागी भएका थिए ।


प्रशिक्षणको क्रममा नेता माधब सापकोटा सुवोधले वाईसीएल नेताहरुमा वर्तमान परिबेशको आवश्यकतालाई पकड्दै नेतृत्व गर्ने क्षमताको बिकास गर्नुपर्नेमा जोड दिएका थिए । उनले बिश्वका धेरै मूलुकको सामाजिक तथा आर्थिक व्यवस्थाको निति र नेपालको नितिको बारेमा भएको अन्तरहरु बताउदै युवाहरुको ध्यानाकर्षण गराएका थिए । सांसद सापकोटाले परिवर्तित व्यवस्थासंगै आफूलाई रुपान्तरण गरि सामाजिकिकरण हनु नै आजको आवश्यकता भएको बताए । प्रविधिको बिकाससँगै हरेक गतिविधिको डाटा सुरक्षित गरि राख्न र सही ठाउँमा प्रयोग गर्न युवाहरुलाई निर्देशन गरे ।
त्यस्तै वाग्मती प्रदेश सरकाका भौतिक पूर्वाधार बिकास मन्त्री दुलाले बिचारद्वारा निर्देसित अनुशासन नै अहिलेको आवश्यकता भएको बताए । दुललाले बिना बिचार र लक्ष्यबिहिन हुलहरुले अहिले सामाजिक प्रणाली र व्यवस्था माथि धावा बोल्ने गरेकोले कसैलाई संघीयताको बिरुद्ध अभिव्यक्ति दिन छुट नभएको बताए । वाईसियलले आगामी दिनमा बिकास निर्माणमा जोडिएर नकारात्मक कुराहरुको भण्डाफोर गर्ने र सकारात्मक कुराहरु समाजमा फैलाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।


प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका नेता सरल सहयात्री पौडेलले मपाइत्वले देशमा घर गरेको र त्यसको असर सामाजिक रुपमा समेत पर्दै गएकोले त्यसप्रति सचेत रहँदै साझा मनोबिज्ञान बनाउने भूमिका युवाहरुकै काँधमा आइलागेको बताए । उनले “एक्लै हिड्न यात्री छिटो हिड्छ र बिचबाटोमै अलपत्र पर्छ , समूहमा हिड्नेहरु गन्तव्यसम्म पुग्छ “ त्यसैले सामुहिक भावनाको बिकास गरि देशलाई सामाजिक न्यायसहित समृद्ध बनाउने वर्तमान कार्भार रहेको तर्क गरे ।


चर्चाको शिखरमा रहेको उक्त संगठनले समाजको बिभिन्न गतिविधिमा सहभागी जनाउँदै आइरहेको थियो । वाइसीएल केही समय भने आन्तरिक संगठनको काममा व्यस्त रहेको थियो । युवाहरुले समाजको गतिविधिमा आफुलाई सहभागीता गराउन थप कार्यक्रमहरु निर्माणको लागि जिल्लाभरको वाइसीएल केही समययता एक ठाउँमा भेला भएका हुन् ।
जिल्ला संयोजक सुमित काफ्लेले जिल्लाको कामलाई चुस्त बनाउन ईन्चार्ज, संयोजक र सचिबको कार्यालय टिम बनाएको र पालिकास्तरमा आगामि दिनमा गरिने कामको समेत जिम्मेवारी बाँडफाँड गरिएको बताए ।

सिफारिस

प्रतिकृया दिनुहोस्