भोलि बिहान आहालडाँडामा एमालेले नयाँ नेता छान्ने

भोलि बिहान आहलडाँडामा एमाले नयाँ नेता छान्ने
चौतारा । मौसम प्रतिकूल भएपछि एमाले सिन्धुपाल्चोकको अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया भोलि बिहानलाई सारेको छ ।

आज मतदान हुने भनिएता पनि बिग्रँदो मौसम र अध्यक्ष मण्डलको आदेश अनुसार मतदान भोलि बिहान चौतारास्थित आहलडाँडामा ७ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।

शुक्रबारबाट सुरु भएको अधिवेशन भोलि २० गते सम्पन्न हुने एमालेजनको विश्वास छ ।

अधिवेशनले नयाँ नेतृत्वसहित नयाँ जिल्ला कार्यसमिति पनि चयन गर्नेछ ।

जस अनुसार अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ ।

बहालरत अध्यक्षलाई हुँकार दिंदै होमनारायण श्रेष्ठ चुनावी मैदानमा खरोका साथ उत्रेका छन् । ७४७प्रतिनिधि रहेको एमालेमा नेपाल र श्रेष्ठबीच कडा टक्कर हुने बताइन्छ ।

नेपालका पक्षबाट उपाध्यक्षमा अर्जुन भण्डारी र सचिवमा कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् । त्यस्तै श्रेष्ठलाई काँध थाप्दै विश्वमणि आचार्य र यज्ञराज सापकोटाले क्रमशः उपाध्यक्ष र सचिबमा उम्मेदवारी दिएका छन् ।

अध्यक्ष र्बउपाध्यक्ष पदमा बादल तामाङ् र सुदनराज गिरीले ढोक्सा थापे पनि उनीहरु दुबैले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन पक्का हुने भएपछि अध्यक्षका उम्मेदवारद्वय नेपाल र श्रेष्ठ समर्थित कार्यकर्ताहरु सलबलाउन थालेका छन् । उनीहरुले आआफ्ना नेतालाई जीताउन ज्यान फालेर लागेका छन् ।

ती कार्यकर्ता मात्र हैनन, पुराना र स्थापित नेताहरू पनि नेपाल र श्रेष्ठको उम्मेदवारीलाई लिएर दुई फक्ल्याँट भएका छन् ।

यी मध्य अरुण नेपाल, झम्क नेपाल, डम्बर अर्यालहरु नेपाललाई जिताउन न्वारान देखिको बल निकाल्दै छन् भने श्रेष्ठलाई जीताउन कृष्णराज श्रेष्ठ, हस्त पण्डित, बालकृष्ण देउजाहरु मरेर लागेका छन् ।।

त्यस्तै उपसचिवमा शिवहरी सापकोटा र विजयकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवका लागि सुशीला पाख्रीन र शोभा कार्कीको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्