नगरसभाको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढीले गर्‍यो सर्वदलिय बैठक

निर्मल बस्नेत

६ असार , चाैतारा। सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वदलिय बैठक सम्पन्न गरेकाे छ ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटा देश वन्धुको आह्वानमा आज बिहिबार सर्वदलीय बैठक बसेको हाे ।

संघिय व्यवस्था लागू हुनुपूर्व जिल्ला बिकास समितिले सर्वदलीय सहमतिअनुरुप याेजना निर्माण र बजेट बाँडफाँड हुने गरेका थियाे । संघियतामा गएयता स्थानीय सरकारले आफ्नो मनाेगत निर्णय गर्दै अरुलाई वेवास्ता गरेकाे सर्बत्र आलोचना हुने गरेकाे छ ।

तर चाैतारा साँगाचाेकगढीले सवैकाे रायसुझाव लिने राम्रो कामकाे अभ्यास गरेकाे छ । नजिकिदै गरेको १६ औ नगर सभामा पालिकाको समग्र बिकास , समृद्धि , पुर्वाधार बिकास , सुसासन , शिक्षा, स्वास्थ ,खानेपानि , तथा समसामयिक बिषयमा पालिकामा क्रियाशिल दलहरुको राय सुझाव संकलन गरेको छ ।

बैठक नगरप्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा बसेको हो भने , बैठक संचालन उपप्रमुख सीता थापाले गरेकाे नगरप्रमुखकाे स्वकिय सचिव रमेश सापकोटाले जानकारी गराए ।

बैठकमा कार्यलयको प्रशासनिक सुधार ,स्वास्थ्य पर्यटन , शिक्षामा गरेको दरबन्दी मिलान , बिद्यालय डाउन साइज , कृषि उपजको बजारिकरणको लागि कृषि एम्बुलेन्स खरिद , कृषि उपजको संकलनको लागि शीत भण्डार , जस्ता राम्रा कामको शुरूवात भएको र यसलाइ ब्यबस्थित र निरन्तरता दिनुपर्ने भन्दै दलहरुले सुझावहरु राखेका थिए । आगामी बर्षको लागि सुझाव राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नगरप्रमुख रबिन श्रेष्ठले बन्देउ देखि चौतारासम्म फलफुल रोपेर आन्तरिक पर्यटकलाई आकर्षक गर्न सकिने , सि सि क्यामारा जडान ,बादर नियन्त्रणको लागि जैबिक घेरावार लगायतका सुझाव राखेका थिए ।

त्यस्तै एमाले नगर अध्यक्ष खिल ब श्रेष्ठले सर्वदलीय बैठक त्रैमासिक रुपमा राख्नु पर्ने भन्दै आफ्नो राय राखेका थिए ।

समाजबादिका केन्द्रिय सदस्य सोम सापकोटाले सरकारी सेवा सुबिधा लिएका सबै कर्मचारीका लगायतका बालबच्चा सामुदायिक बिधालयमा नै पढाउनु पर्ने नीति बनार नै जानुपर्ने भन्दै आफ्ना सुझाव राखेका थिए ।

बैठकमा ने क पा एकीकृत समाजबादि पार्टिका केन्द्रिय सदस्य सोम सापकोटा , नेपाली कांग्रेसका नगर सभापती इन्द्रलोचन धिताल , नेकपा एमालेका नगर अध्यक्ष खिल ब श्रेष्ठ , नेकपा माओवादी केन्द्रका जिल्ल्ला संयोजक गोबिन्द पराजुली , माओबादीकै नगर अध्यक्ष श्यामकृस्ण श्रेष्ठ, रास्वपाका नगर सभापती रबिन श्रेष्ठ , राप्रपाका नगर अध्यक्ष सेर ब ठकुरी लगायतले आफ्नो धारणा राखेकाे स्वकिय सचिव सापकोटाले जानकारी गराए ।

सिफारिस

प्रतिकृया दिनुहोस्