चौतारा । एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशन चौतारामा तेस्रो दिन पनि जारी छ।
शुक्रबारबाट सुरु भएको अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम रहेको छ।
नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ।
सफ्ट लाइनर नेताको रुपमा चिनिएका बाहालवाला अध्यक्ष कमल नेपाल र हार्ड लाइनरको रुपमा चिनिएका अर्का नेता होम नारायण श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै अध्यक्ष पदमा बादल तामाङले पनि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।
उपाध्यक्षका लागि भने अर्जुन भण्डारी, विष्णुमणि आचार्य र सुदनराज गिरीले उम्मेदवारले दिएका छन् ।
सचिव पदमा कृष्ण गोपाल तामाङ र यज्ञ सापकोटाले उम्मेदवारी दिएका छन्। ७४६ प्रतिनिधि रहेको एमालेको निर्वाचन कार्यतालिका अझैसम्म सर्वजनिक हुन सकेको छैन ।