चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात

चौताराको नगरसभामा यसरी सुरु भएको थियो हातपात


चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले २०८१÷ ०८२ को नीति, कार्यक्रम र बजेट बारे भावुक हुँदै ब्रिफिङ गरिरहेको थिए । हल शान्त थियो । यदपी हलभित्र काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको भने उपस्थिति देखिएको थिएन् । माओवादी, समाजवादीका जनप्रतिधि लगायत कर्मचारी र सञ्चारकर्मीले भरिभराउ हलभित्र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ का टेकबहादुर तमाङको प्रवेश हुन्छ । लगत्तै वडा न २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ रिसाउँदै प्रवेश गर्छन् । प्रवेश गर्ने वित्तिक्कै प्राविधिक भएको ठाउँमा गएर वडा अध्यक्ष श्रेष्ठले माइकको लाइन थुत्छन् र स्पिकर उचालेर भूईँमा बजार्छन् । लगत्तै वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रवेश हुन्छ । स्थितिलाई सम्हाल्न वडा न १३ का अध्यक्ष रामप्रसाद गौतम र ११ का अध्यक्ष रोशन गिरीले स्थितिलाई सम्हाल्न खोज्छन् । यतिक्कैमा वडा न ६ का वडा सदस्य रवि खत्री र २ र ५ का अध्यक्षबीच भनाभन हुन्छ । भनाभन घम्साघम्सीमा बदलिन्छ । स्थिति झन तनावग्रस्त हुन्छ । तनावग्रस्तस्थितिमा वडा न ३ का वडा अध्यक्ष टेकबहादुर तामाङ सुर्कँदै अगाडि बढ्छ उनलाई रोक्न वडा न ५ का वडा सदस्य कोमलबहादर श्रेष्ठ अगाडि बढ्छन् । लम्कँदै गरेको तामाङ्को हात श्रेष्ठले सम्हाल्न खोज्छन तर वडा अध्यक्ष तामाङ भने मलाई हात हाल्ने को भन्दै चिच्याउन थाल्छन् । उनेको चिच्याहट सुनेर वडा न १० का वडा अध्यक्ष नीलबहादुर तामाङ र वडा ९ का अध्यक्ष विमल श्रेष्ठ राँकिँदै अगाडि बढ्छन् । र सुरु हुन्छ फेरि ठेलमठेलको अर्को अध्याय । त्यसपछि चौताराको नगरससभा एकप्रकारले रणभूमिमा परिणत हुन्छ ।
बुधबार चौतारा साँगाचोकगढी नगरपालिकाको १६ औं नगरसभामा यस्तै दृष्य देखियो । आफूहरुको असमतिबीच पनि नगरसभा जबरजस्ति ढंगबाट सञ्चालन हुन लागेपछि एमाले र काँग्रेसबाट जीतेका वडा अध्यक्षहरु हानठोकमै उत्रे । उनीहरुले माओवादी जनप्रतिनिधिहरुलाई प्रहार गर्न पटकपटक कुर्सीसमेत उचाले । बडो अराजक ढंगबाट उत्रेका उनीहरुलाई सम्हाल्न धौधौ परेको थियो । कोलाहल र हानठोककै बीच मेयर सापकोटाले नीति, कार्यक्रम र बजेट पास गरे । यता असन्तुष्टि जनप्रतिधिहरुले भने नारा लगाउन थाले र हलबाट बाहिरिए । र बल्ल नेपाल प्रहरी आइपुगे ।

किन अराजक बन्यो एमाले र काँग्रेस ?

हरेक नगरसभामा असन्तुष्टि जनाउँदै आएका एमाले र काँग्रेसबाट जीतेका जनप्रतिनिधिहरु यसपटक भने हानठोकमा नै उत्रे । यसअघिका नगरसभामा आफ्ना मागहरु तेस्र्याउदै सभामा नारा लगाउँदै बहिष्कार गदै आएका उनीहरुले गत असार ९ गते सम्पन्न १६ औं नगरसभाको पहिलोचरणमा भने हरेक वडालाई १ करोड बजेट विनियोजित गरेपछि केटाकेटीले लालीपप पाउँदा चुप लागेर बसे जस्तै शान्त देखिएका थिए । नीति मात्र प्रस्तुत गरेको सो सभालाई स्थगित गर्दै असार २६ गते बजेट प्रस्तुत गर्ने मेयर सापकोटाले घोषणा गरेका थिए । सोही अनुसार आज खास गरि बजेट सार्वजनिकरण हुने मेलो थियो । सो का लागि वडा अध्यक्षहरुसँग मेयर सापकोटाले पटकपटक परामर्श र छलफल पनि नगरेका हैनन् । तर आफूसँग भएको पूर्ववत सहमति पालन नगरि एकलौटी ढंगबाट बजेट ल्याउन खोजेका कारण आफूहरु विरोधमा उत्रेको असन्तुष्ट वडा अध्यक्षहरुको भनाइछ । उनीहरुले महत्वपूर्ण निर्णय गर्दा काँग्रेस एमालेका सदस्यहरुसँग पर्याप्त छलफल गर्नुपर्ने, बजेटमा माओवादीले एकलौटी गरेको पूर्वाधारतर्फको १ करोड ६५ लाख बजेट मेयरको तजविजले विनियोजन गर्ने गरि बजेट बनाएको जस्ता आरोप लगाएका छन् ।
यता मेयर सापकोटाले भने आफूले कसैलाई पनि लाखापाखा गर्ने नियत कहिल्यै नराखिएको बताउँछन् । नीति कार्यक्रम र बजेट बनाउने सवालमा मात्र हैन, विषयगत समितिको बैठकमा पनि वडा अध्यक्षहरुलाई राखेरै सहमतिका साथ अगाडि बढेको उनको दावी छ । वडा अध्यक्षहरुको माग बमोजिम नै प्रति वडा १ करोड विनियोजन गरेको उनले बताए ।
औंलौं दिंदा डुडुल्को निल्ने प्रवृत्ति हावि ः
अघिल्लो मेयरको कार्यकालमा प्रति वडा ६५ लाख विनियोजन गर्दै आएको नगरले आर्थिक वर्ष २०८१÷०८२ का लागि भने १ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ८५ लाख विनियोजन गरेको थियो भने थप १५ लाखको प्रति वडालाई योजनाका लागि बजेटको पनि व्यवस्थापन गरेको थियो । हरेक नगरसभामा वडाको बजेट बढ्दो छ तर फेरि तिनै वडा अध्यक्षहरु आफ्ना मर्यादा र शिष्टता भूल्दै गुण्डागर्दी शैलीमा उत्रेको देख्ता स्थानीयहरु अचम्ममा परेका छन् । आफूलाई चित्त नबुझेको कुरामा असहमति जनाउन पाइन्छ, विरोध गर्न पाइन्छ तर हानठोकमा नै उत्रनु कतिको जायज हो ? एक प्रत्यक्षदर्शीले भने ।
त्यसो त अधिकाँश वडाले गाउँवस्तीमा गएर स्थानीयहरुसँग छलफलका साथ योजनाहरु संकलन गर्नुपर्ने लगायतका कुनै पनि विधि र प्रकृया नपु¥याएको स्थानीयहरुको आरोप लगाउँदै आएको छन् । वडा अध्यक्षहरुले मनोमानी ढंगबाट विधि प्रकृया नै नपु¥याई हचुवामा योजना र बजेट विनियोजन गर्न थालेको उनीहरुको आरोप छ । आफ्ना वडामा, टोलवस्तीमा कुन शीर्षकमा कति बजेट प¥यो भन्ने सवालमा स्थानीयहरु अनविज्ञ हुँदै आएका छन् । आर्थिक वर्ष २०८१÷०८२ का लागि पनि कुनै पनि वडाले कुनै पनि योजना प्रस्तुत गरेको छैन । न कि बजेट नै ब्रेकडाउन गरेको छ ।
विज्ञप्तिको संयुक्त जुवारी
चौतारा साँगाचोकगढी नगर कमिटी नेपाली काँग्रेस र एमालेले सो घटनालाई लिएर संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । १६ औं नगरसभामा भएको घटना अनेपक्षित भएको भन्दै उनीहरुले नगरसभा जबरजस्ति सञ्चालन गर्न खोजेको र आफ्ना पार्टीका जनप्रतिनिधिहरु सभा हलमा प्रवेश गर्न खोज्दा माओवादी कार्यकर्ता र केही कर्मचारीहरु प्रयोग गरेर हातपात गर्दै सभाहलबाट निष्काशन गर्नुुपर्छ भन्दै योजनावद्ध तवरले गलहत्याउन खोजेको आरोप लगाएका छन् ।
नगरसभामा हातपात गर्नेहरुमाथि कारबाहीको माग गर्दै त्यस्ता हर्कत नसच्याए नगरप्रमुखको विरुद्ध निर्मम भएर लाग्ने पनि विज्ञप्तिमा पनि उल्लेख गरिएको छ ।
यता माओवादी केन्द्र र समाजवादी नगर मिमिटीले पनि घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति निकालेको छ । उसले एमाले र काँग्रेसबाट जितेका वडा अध्यक्षहरुको उदण्डताले नगरपालिकाको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै यस्ता अवान्छित गतिविधि नरोकिए प्रतिकारमा उत्रन वाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
१४ वटा वडा रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा ४ जना वडा अध्यक्ष काँग्रेसका ४ जना एमालेका छन् भने बाँकी मेयरसहित ६ जना वडा अध्यक्ष माओवादीका छन् । उपमेयर सीता थापा भने सामाजवादीबाट जीतेकी हुृन् । ७५ जना नगरसभा सदस्य रहेकोमा ३३ जना काँग्रेस र एमालेका छन् भने बाँकी माओवादी र समाजवादीका छन् ।

https://www.facebook.com/100092388349135/videos/1179839179895155/

सिफारिस

प्रतिकृया दिनुहोस्