अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो

salak अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो

अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो
सिन्धुपालचोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक संरक्षणका लागि संचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
लोपोन्मुख सालक सम्वन्धी विभिन्न चेतनामूलक सामाग्रीहरु तयार गरि अभियान नै सञ्चालन गर्न सकेमा सालक चोरी निकासीमा न्यूनिकरण हुनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।
डिभिजन बन कार्यालय धादिङका प्रमुख एवम् सालक विज्ञ विष्णुप्रसाद आचार्यले सालकबाट मानिसलाई कुनै पनि हानिनोक्सानी नहुने तर उल्टै फाइदा गर्ने भएता पनि अज्ञानता र अन्धविश्वासका कारण सालकको चोरी निकासी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयोे । प्रमुख आचार्यका अनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेता पनि अज्ञानताका कारण सालकको चोरी निकासी बढ्नका साथै मासु र खपटाका लागि मार्ने क्रम पनि बढेको उहाँले बताउनुभयो ।


नेपालमा तामे र कालो सालक गरि दुई प्रजातिको सालक भेटिएता पनि कालो सालक बढी रहेको भन्दै डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख मदन कँडेलले सालक किसानको साथी भएकै कारण पनि यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
सामुदायिक वन नै सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता रहेको उहाँको भनाइछ । पछिल्लोचरण एकातिर चोरी निकासीका कारण सालक लोपोन्मुख अवस्थामा पुगेका छ भने अर्कोतर्फ वस्र्योनि वनमा डडेलो लाग्नका कारण पनि सालक लोप भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।
डिभिजन वन कार्यालय सिन्धुपाल्चोक चौताराले आइतबार आयोजना गरेको सरोकारवालाहरुसँग सालकको बासस्थान संरक्षण र व्यवस्थापन सम्वन्धी संचेतनात्मक कार्यक्रममा सञ्चारकर्मी र सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुको ब्यपाक उपस्थिति रहेको थियो । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण जिल्लाकै तातोपानी नाकाबाट यसको तस्करी समेत हुनेगरेको थियो । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था भए पनि कार्यान्वयनको पक्ष फितलो भएको कारण तस्करीको मनोवल बढ्ने गरेको यथार्थतालाई आत्सात गर्दै आआफ्नो क्षेत्रबाट सालक संरक्षणका लागि जुट्ने हो भने पक्कै पनि चोरी निकासीमा न्यूनिकरण हुने नै छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्