मानवीय धर्म र कर्मका लागि गरिएको यस्ता कार्यक्रमले सिंगो मानवताकै पहिचान दिने
चौतारा । चौतारामा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, चौतारा उपशाखा, लायन्स क्लब अफ काठमाण्डौं चौतारा सिटी र कर्मचारी मिलन केन्द्र सिन्धृुपाल्चोकको संयुक्त आयोजनामा सोमबार चौतारामा भएको रक्तदान कार्यक्रममा ७ महिलासहित ९५ जनाले रक्तदान गरेका हुन् ।
रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भनेर आयोजित रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले मानवीय धर्म र कर्मका लागि गरिएको यस्ता कार्यक्रमले सिंगो मानवताकै पहिचान दिने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी चौतारा शाखाका सभापति चन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मिलन केन्द्रका सचिव पवन सापकोटाले स्वागत गर्नु भएको थियो भने सञ्चालन क्लबकी मिना थापाले गर्नु भएको थियो ।