जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित

जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित

बनेपा । पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित हुनु भएको छ ।
जनमत वाङमय प्रतिष्ठानको ३९ औं बार्षिकोत्सवको अवसरमा “जनमत जनक प्रधान सेवा सम्मान ” बाट कसजू सम्मानित हुनु भएको हो ।
जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार/ प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।
२०२९ सालामा सिन्धुपाल्चोक, चौतारामा जन्मनु भएका कसजू ४० को दसकबाट साहित्य र पत्रकारितामा प्रवेश गर्नु भएको हो । उहाँले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो । दु:खी प्रकाशनमार्फत सर्जकहरुको साहित्यिक कृति प्रकाशन, नव सर्जकहरुका लागि प्रोत्साहन र संरक्षणको भूमिकामा कसजू लामो समयदेखि समर्पित हुनुहुन्छ ।
गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजको सम्पादकत्वमा हाल सिन्धु सन्देश साप्ताहिक, सर्वपक्ष दैनिक, जुगल खबर अनलाईन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, दीपा जनमत सम्मान , भगवती अर्याल, नवलपुर गणेश / खिलकुमारी दुवाल जनमत सम्मान, रामकुमार पाँडे ललितपुर, हृदयचन्द्र – जनमत वरिष्ठ साधक सम्मान सुमित्रा सुमी, नुवाकोट केवलपुरे – जनमत सम्मान, डा. रबिन्द्र समीर लगायत २८ जना श्रष्टा विभिन्न सम्मानबाट सम्मानित हुनुभएको छ ।
कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ लगायत श्रष्टाले रचना बाचन गर्नुभयो ।
साहित्यकार मोहन दुवालको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन कृष्ण सुबेदीले गर्नु भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्