काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान…
Category: साहित्य/कला
गायक रवि ओडको देउकी प्रथामाआधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक
काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामाआधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड रअस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेशताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपासुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्डगरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेकोनकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्नसकिन्छ । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्मछायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो…
चथा : पर्वको प्रसाद वितरण
म्हसिका पुच चैताराले चथा पर्वको अवसरमा प्रसाद वितरण कार्यक्रमको आयोजना गरेको छ ।नेवारी संस्कृति अनुसार हरेक भदौ चतुर्थीको बेलुकी मनाउँदै आएको चथा: पर्व लोपोन्मुख भएको भन्दै संरक्षण गर्ने उदेश्यले चथा: पर्वको प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो ।बुधबार साँझ कृष्ण मन्दिर परिसर चौतारामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले चथा पर्वसँग जोडिएको धार्मिक महत्वको चर्चा गर्दै लोपोन्मुख संस्कृति संरक्षणका लागि म्हसिका पुचले गर्दै आएको पहल प्रसंशनीय रहेको बताउनुभयो । समाजसेवी हरिगोपाल श्रेष्ठले चथ: पर्वको महिमा, कथा र शुरुआत बारे चर्चा गर्नुभयो ।अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको…
न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पण
न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पणकाठमाण्डौं । जीवन हिडाईहरुको शृङ्खला हो । हिड्दा हिड्दै, पाईतो सार्दा सार्दै अनेक अनुभव र अनुभूतिका आरोह र अवरोहभित्र जीवनको यात्रा कतै दुखान्त भएर त कतै सुखान्त भएर यात्रारत रहिरन्छ । फरक यति न हो कसैले ती दुखान्त वा सुखान्त अनुभव र अनुभूतिहरुलाई लिपिबद्ध गरेर जिवन्त बनाउन सफल हुन्छन् त कसैले कसैले सम्झनाका शोकेशमा सजाएर राख्ने प्रयत्न गर्ने गर्छन् । यसै मेलोमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक पून्यप्रासद न्यौपानेले भने आफ्ना ती र त्यस्तै अनुभव र अनुभूतिलाई भने लिपिवद्ध गर्दै जिवन्त बनाउने प्रयत्न गरेका छन् ।शुक्रबार…
सञ्जालको तीज कार्यक्रममा मेयर सापकोटाको भनाइ -“संस्कृतिलाई विकृति नबनाओं “
सञ्जालको तीज कार्यक्रम । संस्कृतिलाई विकृति नबनाओं – मेयर सापकोटामोनिका विक/ चौतारा । नजकिँदो हरितालिका तीजको अवसर पारेर नगर महिला संजाल चौतारा साँगाचोकगढीले दोहोरी गीत तथा दर खाने कार्यक्रमको आयोजना गरेकोछ ।कार्यक्रमको मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो ।शहिद प्रतिष्ठान, चौतारामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले महिलाहरुको महान तथा सांस्कृतिक पर्व तीज पछिल्लो चरण विकृत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसलाई अनावश्यकरूपमा तडकभडक नगरि सुसंस्कृति र सुललित ढंगले मनाउन उहाँले आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तीजलाई धर्म र संस्कृतिसँगै महिला सशक्तीकरण र सवलीकरणका…
चौतारामा भोलि गाईजात्रा भव्य हुने
चौतारा । नेवार समुदायभित्रको विशेष पर्व गाईजात्रा अर्थात सापारु भदौ १४ गते नै मनाउने भएको छ। नेवार समुदायभित्र कतै सापारु पर्व मनाउने सवालमा अन्यौलता छाइरहेको बेलामा सिन्धुपाल्चोक जिल्लाका सदरमुकाम चौतारामा भने १४ गते नै सापारु मनाइने भएको हो ।कुनै पनि दुईवटा चाड एकै दिनमा मनाउने संस्कार नेवार समुदायमा नरहे पनि यसपटकको क्वाँति पून्ही र गाईजात्रा नेपाली पात्रो अनुसार एकैदिन परेको हुना भदौ १४ गते नै दुईवटा चाड एकै दिन मनाउने निर्णय भएको सिन्धु नेवा खलका उपाध्यक्ष कमल चरण कक्षपतिले जानकारी दिनुभयो ।सापारु पर्व भक्तपुर, ललितपुर लगायत उपत्यका बाहिरका जिल्लाहरुमा १४…
भाषा, संस्कृति संरक्षणका लागि म्हसिका पुच गठन । नेपाल भाषामा हाजिर जवाफ प्रतियोगिता
चौतारा । म्हसिका पुच चौताराले नेपालभाषा संरक्षण र संवद्र्धन गर्ने उदेश्यले नेपाल भाषामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । नेवार संस्कृति, संस्कार र सम्पदाको संरक्षण एवम् विकास, निर्माण र जनजिविकाको क्षेत्रमा महिलाहरुलाई सशक्तरुपमा सहभागि गराउने योजनाका साथ गठन भएको पुचले शनिबार भाषा संरक्षणका लागि नेपाल भाषामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नारायणदेवी प्रधानको समूह प्रथम र विना कक्षपतिको समूह दोस्रो भएको पुचकी उपाध्यक्ष गुणकेशरी श्रेष्ठले जानकारी दिनुभयो । गणेश मन्दिर र भीमसेनस्थानसँगै कृष्ण मन्दिर परिसरमा सरसफाई पश्चात सुरु भएको हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि…
प्रकाश सपुतको नयाँ गीत ” दमाई महाराज” के विवादरहित होला? यस्तो छ गीत , हेरौं भिडियो
काठमाडौ । गायक प्रकाश सपुतको नयाँ गीत “दमाई महाराज” उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । हरेक गीतमा कथा उन्न सिपालु प्रकाशले यो गीतलाई पनि कथानक बनाएका छन् । हेरेक जसो गीतमामा विवाद झेल्दै आएको प्रकाशको यो नयाँ गीत के विवादरहित होला र ? प्रश्नको उत्तर यही गीतले दिनेछ । त्यसो भए गीतको भिडियो हेर्न तलको भिडियोमा क्लिक गर्न ढिला नगरौं बिसौनीbisouni.com
समिक्षाको ” म मर्छु तिमी विना ” सार्वजनिक ( भिडियोसहित)
काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ । बिसौनीbisouni.com
काठमाडौं महानगरद्वारा सबै भारतीय चलचित्रमा रोक
काठमाडौं महानगरपालिकाले सम्पूर्ण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । महानगरपालिकाले भोलिदेखि आफ्नो कार्य क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको जानकारी दिएको छ । चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउन तीन दिन पहिले आग्रह गर्दा पनि अटेर गरेपछि सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको मेयर बालेन साहले बताए । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उल्लेख गर्दै उनले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई…
