सहिद सप्ताहको पहिलो दिन कञ्चनप्रति सम्मान

चौतारा । निर्मल बस्नेत
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहकाे पहिलो दिन साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शीलाई श्रद्धासुमन अर्पण गरेको छ ।
१० बर्षीय शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त शहीदहरुकाे सम्झनामा माओवादी केन्द्रले फागुन १४ देखी २१ गतेसम्म सप्ताहव्यापी रुपमा शहीद दिवस मनाउने गरेकाे छ । जनयुद्धको पहिलाे शहीद दिल बहादुर रम्तेललाई ११ बर्षकाे उमेरमा सेनाले हत्या गरेकाे थियाे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरकाे सल्लाहकार जीवन श्रेष्ठ र सल्लाहकार सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोककाे पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी `कञ्चन´ काे तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका हुन ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले कञ्चनकाे रगत ब्रमायणीकाे नदीमा अझै बगिरहेको छ भन्दै उनकाे सपना पुरा गर्न आफू अझै सक्रिय भएर लाग्ने प्रण गरे ।

कञ्चनकाे २०५९ बैशाख १६ गते बलेफी गाउँपालिका १ साँउबाेटेमा तत्कालीन शाही नेपाली सेनाद्वारा गाेली हानी उनी संगै चाैतारा साँगाचाेकगढी नगरपालिका – १ स्याउलेका प्रेमबहादुर श्रेष्ठ `सुमन´ काे पनि हत्या गरिएको थियाे ।
२०५१ सालमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककाे सचिव र २०५३ सालमा उपसभापतिकाे जिम्मेवार बहन गरेका कञ्चन प्रगतिशील साहित्यकार पनि थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्