उठ्दै कृष्ण मन्दिर !

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित ११४ वर्षपुरानो कृष्ण मन्दिर पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ढलेको चौतारा पूरानो बजारस्थित कृष्ण मन्दिर ढलेको ७ बर्ष पछि बन्न सुरु भएको हो ।
पुरातत्व विभाग काठमाडौंले बजेटको विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते शिलान्यास गर्नु भएको थियो ।
२०६४ सालमा निर्माण गरिएको कृष्ण मन्दिर पुरानै ढाँचा र शैलीमा बन्ने भएको छ ।
पुरातत्त्व विभागले विनियोजित रकम रु १ करोड ३० लाखमा मन्दिर पुनर्निर्माण हुने वरिष्ठ पत्रकार सुरेश कसजूले जानकारी दिनुभयो
मन्दिर लगभग असार मसान्तसम्म सम्पन्न हुने ठेकेदार कम्पनीका शिल्पकार सुरज शिल्पकारले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्