डक्टर पढ्दै गरेकी सिन्धु चेली बनिन् मिस तामाङ वल्ड

भाषा संस्कृति देशको पहिचान भएको र कसैले पनि आफ्नो मातृभाषा भूल्न नहुने उहाँ बताउनु हुन्छ । पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको बताउँदै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो ।

चौतारा । त्यसो उहाँको इच्छा डक्टर बन्ने । सोही अनुसारको अध्ययनमा व्यस्त तर मिस तामाङ वल्ड २०२२ मा सहभागि बन्न सिलगुडी पुग्नु भएकी सिन्धु चेली नमूना तामाङ अन्तत मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनु भयो ।
१८ प्रतिस्पर्धीमध्य सिन्धुृपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १० की १९ वर्षिय तामाङले भारतको सिलगुडीमा हालै सम्पन्न मिस तामाङ वल्ड २०२२ प्रतियोगितामा भाषातर्फ मिस तामाङ ग्युतको टाइटल हात पार्न सफल हुनु भएको हो ।

May be an image of 5 people, people sitting and people standing


त्रिचन्द्र कलेज काठमाण्डौंमा माइक्रो बायलोजि दोस्रो वर्षमा अध्ययनरत तामाङको सपना डक्टर बन्ने रहे पनि अध्ययन पश्चात आफू मोडलिङ गर्ने बताउँनु हुन्छ । भाषा संस्कृति देशको पहिचान भएको र कसैले पनि आफ्नो मातृभाषा भूल्न नहुने उहाँ बताउनु हुन्छ । पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको बताउँदै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो ।

May be an image of 1 person


मिस तामाङ वल्ड फउण्डेशनको आयोजना तथा सिक्किम बुद्धिष्ट एशोसिएसन र अल इण्डिया तामाङ बुद्धिष्ट एशोसिएशनको संयोजनमा भएको प्रतियोगितामा तामाङले उपाधीसहित भारु एक लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
नेपालबाट ६, भुटानबाट १ र इण्डियाबाट ११ जना स्पर्धी रहेको सो प्रतियोगितामा भारत सिक्किमकी स्नेहा तामाङले मिस तामाङ वल्ड २०२२ को उपाधी जीत्नु भएको थियो ।

May be an image of 5 people and people standing


मिस तामाङ ग्युदको विश्व टाइटल विजयी तामाङलाई जुगल गाउँपालिकाले हालै एक कार्यक्रमबीच सम्मान पनि गरिएको छ । तामाङ सिपा तीनघरेस्थित जनता माविका शिक्षक महेन्द्र तामाङकी सुपुत्री हुनुहुन्छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्