स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने

स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने

स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने चौतारा । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ट्राफिक संचेताना कार्यक्रम गर्ने भएको छ ।सडक दुर्घटना रोकथाम तथा जोखिम न्यूनीकरण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यको अध्यक्षतामा आईतबार बसेको बैठकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित श्री कृष्ण रत्नगंगा माविका विद्यार्थीहरुलाई लक्षित गरि ट्राफिक संचेताना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य कार्यालयको अगुवाइमा भएको बैठकले सडक दुर्घटना रोकथाम र जोखिम न्यूनिकरणका लागि चालकसँग ५ मिनेट कार्यक्रम पनि तय भएको स्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।बैठकमा…

३४ औं बार्षिकोत्सवमा ३ व्यक्तित्व सम्मानित, जुगलले आर्दश निर्माण गरेको नगरप्रमुखको भनाई

३४ औं बार्षिकोत्सवमा ३ व्यक्तित्व सम्मानित, जुगलले आर्दश निर्माण गरेको नगरप्रमुखको भनाई

निर्मल बस्नेत चौतारा (२०८० फागुन १७) सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको जुगल बोर्डिङ हाईस्कुल चौताराको ३४ औँ बार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगरपालिका संघका उपाध्यक्ष एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शिक्षामा नगरपालिकाको भार कम गर्न जुगल बोर्डिङ हाईस्कुल चौताराले सघाउ पुर्याएको बताएका छन् । नगरप्रमुख सापकोटाले शिक्षा , साहित्य र कलामा योगदान गर्नेहरुलाई सम्म्मान गरेर जुगलले छुट्टै आदर्श निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । शिक्षा आर्जनको लागि बिद्यार्थीहरुसंगै अभिभावकहरुलाई पनि डोहोर्याएको दृश्य देखेर नगरप्रमुख हर्सित भएका थिए । नगरप्रमुख भन्छन् “ अन्य…

टियुको झल्को दिनेगरि जुगलको दिक्षान्त, सामुदायिक बिद्यालयले जुगलबाट सिक्नुपर्छ – उपप्रमुख थापा

टियुको झल्कोदिनेगरि जुगलको दिक्षान्त, सामुदायिक बिद्यालयले जुगलबाट सिक्नुपर्छ – उपप्रमुख थापा

निर्मल बस्नेत चौतारा । त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ । बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ । उनिहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गरेकी हुन् । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ…

हाजीरीजवाफमा गोल्मादेबी माबि प्रथम

निर्मल बस्नेत / चौतारा(२०८० फागुन १४) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ मा अवस्थित जुगल बोर्डिङ हाईस्कुलको ३४ औँ बार्षिकोत्सवको पूर्वसंध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगिातमा गोल्मादेबी माध्यमिक बिद्यालय, कदमबासका बिद्यार्थीहरु प्रथम भएका छन् ।प्रतियोगितामा द्धितीय इर्खु माध्यमिक बिद्यालय इर्खु र कालिकादेबी माध्यमिक बिद्यालय देउरालीका सहभागि बिद्यार्थीहरु तृतीय भएका छन् । बिद्यालयको शिक्षक दिपक उप्रतीको सहजीकरणमा भएको बक्तृत्वकला प्रतियोगितामा चौतारा नगरभित्रको १० वटा माध्यमिक बिद्यालयको सहभागितामा रहेको थियो । प्रतियोगिहरुको साथमा बिद्यालयको शिक्षक प्रतिनिधी र अभिभावकहरुसमेत सहभागि रहेका थिए ।आगामी १६ गते बुधबार प्री प्राईमरीको बिद्यार्थीहरुको दिक्षान्त कार्यक्रम र १७ गते…

पहिलो दिन,सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई लगाइयो खोप

Sindhupalchok

दादुरा–रुबेला बिरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई खोप लगाइएको छ । जिल्लाका करिब १६ हजार बालबालिकालाई खोप दिने उदेश्यका साथ सोमबारबाट सुरु भएको अभियानमा आज मात्र ४ हजार ६८ जना बालबालिका ले खोप सेवा पाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । कार्यलय प्रमुख दुर्गा बजगाईँका अनुसार १ हजार ९ सय ९१ जना बालिका र २ हजार ७७ जना बालकलाई यो खोप लगाइएको छ ।जिल्लाको १०३ वटै वडामा संचालित यो अभियान फागुन १९ गतेसम्म जारी रहनेछ । ९ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई…

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरुचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन भएको छ । अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । शाखाप्रमुख पुरीका अनुसार आजबाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा…

सिन्धुपाल्चोकका विद्यालयहरुमा क्यारियर काउंसलिंग कार्यक्रम सुरु

व्यवस्थापन विषय लिएर प्लस टु अध्ययनरत विद्यार्थीहरूलाई रोजगारीमा आवद्ध गराउने उद्देश्यले Career Clarity सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम निशुल्करुमा संचालन भएको छ ।जिल्लाकै पहिलो चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धितालले निःशुल्क रुपमा अन्तर्कृयाको सहजीकरण गर्नुभएको हो। समाजसेवीको रुपमा पनि परिचित चौतारा साँगाचोकगढी ७ नेपाने निवासी धितालले सिद्धि गणेश माध्यमिक विद्यालय सानोसिरुबारीबाट यो कार्यक्रम को सुरुवात गरेको विद्यालयले जानकारी दिएको छ ।विद्यार्थीहरूलाई नियमित पढाइ बाहेक अन्य तालिममा जोड्दै कलेज सकिएपछि सिधै रोजगारीमा जोड्नका लागि तालिम महत्वपूर्ण हुने प्रशिक्षक धितालले बताउनुभयो। सेयर बजार, कर, बैंकिङ, बीमा लगायत अन्य विषयमा केन्द्रीत रही अन्तर्कृयामार्फत विद्यार्थीलाई प्रशिक्षित गर्ने…

चौतारामा सोमबारदेखि रुबेला–दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुने

चौतारामा सोमबारदेखि रुबेला–दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुने

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा सोमबारदेखि रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन हुने भएको छ ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो । शाखाप्रमुख शिव पुरीका अनुसार फागुन १४ गतेदेखि १७ गतेसम्म नगरको १४ वटै वडामा यो अभियान सञ्चालन हुने छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिनका लागि ४० केन्द्र व्यवस्थापन गरिसकेको छ । यसका लागि ४० जना खोपकर्ता, ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ता…

सिन्धुमा फागुन १४ गतेबाट दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने

९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको छ । अनुमाति ३ सय सेसनमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको छ ।

९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको छ । अनुमाति ३ सय सेसनमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको छ । चौतारा । फागनु १४ गतेबाट सिन्धुपाल्चोकमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लास्तरिय खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीबीचको बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लामा फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगार्ईले जानकारी दिनुभएको हो । राष्ट्रिय कार्यक्रम अनुसार नै जिल्लामा…

चौतारा अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल

चौतारा अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्न सफलचौतारा अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल

न्यूनतम सेवा मापदण्डमा ९२ प्रतिशत सहित उत्कृष्ट चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरि नेपाल कै उकृष्ट हुन सफल भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिए संगै नेपालकै प्रथम हुन सफल भएको हो । अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०८० फागुन १ र २ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल…