निर्मल बस्नेत / चौतारा
(२०८० फागुन १४) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ मा अवस्थित जुगल बोर्डिङ हाईस्कुलको ३४ औँ बार्षिकोत्सवको पूर्वसंध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगिातमा गोल्मादेबी माध्यमिक बिद्यालय, कदमबासका बिद्यार्थीहरु प्रथम भएका छन् ।
प्रतियोगितामा द्धितीय इर्खु माध्यमिक बिद्यालय इर्खु र कालिकादेबी माध्यमिक बिद्यालय देउरालीका सहभागि बिद्यार्थीहरु तृतीय भएका छन् । बिद्यालयको शिक्षक दिपक उप्रतीको सहजीकरणमा भएको बक्तृत्वकला प्रतियोगितामा चौतारा नगरभित्रको १० वटा माध्यमिक बिद्यालयको सहभागितामा रहेको थियो । प्रतियोगिहरुको साथमा बिद्यालयको शिक्षक प्रतिनिधी र अभिभावकहरुसमेत सहभागि रहेका थिए ।
आगामी १६ गते बुधबार प्री प्राईमरीको बिद्यार्थीहरुको दिक्षान्त कार्यक्रम र १७ गते ३४ औँ बार्षिकोत्सवको मूल समारोह कार्यक्रम बिविध साँस्कृतिक प्रस्तुतीकासाथ सम्पन्न हुने जुगल बोर्डिङ हाईस्कुल चौताराका प्रीन्सीपल ओमप्रकाश उप्रतीले जानकारी दिए ।