व्यवस्थापन विषय लिएर प्लस टु अध्ययनरत विद्यार्थीहरूलाई रोजगारीमा आवद्ध गराउने उद्देश्यले Career Clarity सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम निशुल्करुमा संचालन भएको छ ।
जिल्लाकै पहिलो चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धितालले निःशुल्क रुपमा अन्तर्कृयाको सहजीकरण गर्नुभएको हो।

समाजसेवीको रुपमा पनि परिचित चौतारा साँगाचोकगढी ७ नेपाने निवासी धितालले सिद्धि गणेश माध्यमिक विद्यालय सानोसिरुबारीबाट यो कार्यक्रम को सुरुवात गरेको विद्यालयले जानकारी दिएको छ ।
विद्यार्थीहरूलाई नियमित पढाइ बाहेक अन्य तालिममा जोड्दै कलेज सकिएपछि सिधै रोजगारीमा जोड्नका लागि तालिम महत्वपूर्ण हुने प्रशिक्षक धितालले बताउनुभयो।

सेयर बजार, कर, बैंकिङ, बीमा लगायत अन्य विषयमा केन्द्रीत रही अन्तर्कृयामार्फत विद्यार्थीलाई प्रशिक्षित गर्ने भएकाले पनि कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
कार्यक्रमलाई जिल्लाका अन्य विद्यालयहरूमा पनि सञ्चालन गर्ने प्रशिक्षकले धितालले जानकारी दिनुभयो ।
यस लगत्तै चौतारा बहुमुखी क्याम्पसमा यो तालिम सञ्चालनका लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।
