चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा सोमबारदेखि रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन हुने भएको छ
९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो ।
शाखाप्रमुख शिव पुरीका अनुसार फागुन १४ गतेदेखि १७ गतेसम्म नगरको १४ वटै वडामा यो अभियान सञ्चालन हुने छ ।
९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिनका लागि ४० केन्द्र व्यवस्थापन गरिसकेको छ । यसका लागि ४० जना खोपकर्ता, ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ता परिचालन हुने स्वास्थ्य प्रमुख पुरीले जानकारी दिनुभयो ।
सो अभियान सम्वन्धी जानकारी दिने उदेश्यले शुक्रबार शाखाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, चौतारा अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा एक अन्तक्रिया कार्यक्रम पनि सञ्चालन गरेको छ ।
कार्यक्रममा बालबालिकाको स्वास्थ्य लक्षित यो अभियान प्रभावकारीरुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो भने शाखा प्रमुख पुरीले अभियानको तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो । (तस्वीर :विदुर गिरी )