९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको छ । अनुमाति ३ सय सेसनमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको छ ।
चौतारा । फागनु १४ गतेबाट सिन्धुपाल्चोकमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।

जिल्लास्तरिय खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीबीचको बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लामा फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगार्ईले जानकारी दिनुभएको हो ।

राष्ट्रिय कार्यक्रम अनुसार नै जिल्लामा पनि यो अभियान सञ्चालन हुन लागेको उहाँको भनाईछ ।

दादुरा–रुबेला विरुद्ध खोप अभियानको बारेमा जानकारी दिंदै स्वास्थ्य प्रमुख बजगाँईले जिल्लामा आवश्यक तयारी पुरा हुने क्रममा रहेको जानकारी दिनुभयो ।

९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको छ । अनुमाति ३ सय सेसनमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको छ । अभियानका लागि खोप स्वास्थ्यकर्मी ५ सय जना, स्वयमसेवक ६ सय ५० जना र एइएफआइ व्यवस्थापन र अनुगमनका लागि २२ जना स्वास्थ्यकर्मी र चिकित्सक परिचालन हुने स्वास्थ्य प्रमुख बजगाँइले जानकारी दिनुभयो ।

चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट अमरदीप शाहले कार्यक्रममा दादुरा–रुबेला रोग, अवस्था र चुनौतिको बारेमा प्रष्ट पार्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले कार्यक्रमलाई सफलता प्रदान गर्नका लागि नगरपालिकाका तर्फबाट आर्थिक, भौतिक र जनशक्ति उपलव्ध गराउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

उहाँले स्वास्थ्यको विषय समवेदनशिल भएको र यसमा बढी स्थानीय सरकार जिम्मेवार र सकृय हुनुपर्ने भन्दै आफूहरुको तर्फबाट दायित्व निर्वाहमा कुनै कञ्जुँस्याइ नहुने धारण व्यक्त गर्नुभयो ।

जिल्ला समवन्य समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद सुवेदीले खोपको पहुँचबाट टाढा स्थानमा अभियान बढी केन्द्रीत गर्नु सुझाव दिनुभयो । उहाँले प्रचारप्रसारलाई तीव्रता दिंदै घरदेखि घरसम्म क्याम्पियन गर्नुपर्ने बताउनुभयो दिनुभयो ।