पहिलो दिन,सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई लगाइयो खोप

Sindhupalchok

दादुरा–रुबेला बिरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई खोप लगाइएको छ ।

जिल्लाका करिब १६ हजार बालबालिकालाई खोप दिने उदेश्यका साथ सोमबारबाट सुरु भएको अभियानमा आज मात्र ४ हजार ६८ जना बालबालिका ले खोप सेवा पाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

कार्यलय प्रमुख दुर्गा बजगाईँका अनुसार १ हजार ९ सय ९१ जना बालिका र २ हजार ७७ जना बालकलाई यो खोप लगाइएको छ ।
जिल्लाको १०३ वटै वडामा संचालित यो अभियान फागुन १९ गतेसम्म जारी रहनेछ ।

९ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई प्रदान गरिने यस खोपको लागि जिल्लाभर नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थागरी २५३ वटा खोप केन्द्र संचालन भइरहेको ओअनि उहाँले जानकारी दिनुभयो ।

नियमित खोप लिइरहेका बालबालिकाहरु अन्य खोपबाट छुट्न गएको छ भने यही अभियानमा छुटेको खोप पनि लगाइने हुँदा आफूलाई पायक पर्ने खोपकेन्द्रमा आफ्ना बालबालिकासहित उपस्थित भइ अनिवार्य खोपकार्ड लिएर आउन पनि स्वास्थ्य प्रमुख बजगाईले अनुरोध गर्नुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्