फर्ममा आगालागी हुँदा ८१ वटा बाख्रा मरे

सुनकोसी । सुनकोसी गाउँपालिका वडा न २ स्थित एक कृषि फर्ममा आगालागि हुँदा ८१ वटा बाख्रा जलेर मरेकाे छ ।स्थानीय जालबहादुर खत्रीले सञ्चालन गरेको कृषि तथा पशु फर्ममा वुधवार विहान आगालागी हुँदा ८१ बाख्रा जलेर डडेको सञ्चालक खत्रीले जानकारी दिनुभयो ।फर्ममा १ सय २० वटा बाख्रा थिए । ती मध्य ३९ वटा भने बच्न सफल भएको छ । (तस्वीर ः दिनेश थापा) बिसौनीbisouni.com

वस्ती चहार्दै, भत्ता दिंदै

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० ले वडाभित्र रहेका वृद्धवृद्धा र अपाङता भएकाहरुलाई टोलटोलमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बुधबार प्रतिनिधिसभा सदस्य मोहनवहादुर बस्नेतले सुकुटेमा भत्ता वितरण गर्दै वडाबाट सञ्चालित एकीकृत घुम्ती सेवाको औपचारिक उदघाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा, वडा अध्यक्ष नीरबहादुर तामाङ, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सिन्धु विकास बैंकका कर्मचारी, स्वास्थ्यकर्मी र वडा कर्मचारी सहित आज प्रत्येक टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष निरबहादुर तामाङले जानकारी दिनु भयो ।…

केपी ओली कप फूटबल प्रतियोगिता हुने

युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ुकेपी ओली कप फुटबल प्रतियोगिता हुने संघले छ। प्रतियोगिता गर्नका लागि नेपाल फूटबल संघ एन्फाले अनुमति दिइएको छ ।ुयुवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,ु महासचिव राईले भने। युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। प्रतियोगिताका…

सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दै

सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री बन्दैचौतारा । प्रदेश सांसद युवराज दुलाल शरदले भौतिक पूर्वधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।आज हुने मन्त्री परिषद विस्तारको क्रममा दुलालसहित आजै ८ जना मन्त्री नियुक्ति हुनेछन् । यसअघि पनि बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्री भइसकेका दुलाल सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न २, प्रदेशसभा क बाट विजयी भएका हुन् ।तीन दलको सहभागिता रहने बागमतिमा एमाले, माओवादी र राप्रपाले भागवण्डा गरेका छन् । आज हुने मन्त्री परिषद विस्तारमा एमालेका एकलाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, एमालेकै रामेश्वर श्रेष्ठ र केशव पोखरेले स्वास्थ्य, पशुपन्छी…

जसका लागि काम गर्न चाहेको थिएँ, तिनीहरु कहिल्यै आएनन् – मेयर सापकोटा

वास्तविक किसानहरुका लागि काम गर्न चाहेका थिएँ, वास्तविक श्रमिकहरुका लागि काम गर्न चाहेको थिएँ , खै ती भूईमान्छेहरु कहाँ छन् ? यो गरिदेउ न भनेर मकहाँ कहिल्यै आएन ।गम्भीरताका निश्वास फाल्दै जब चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जनजिविकाको सवालमा, रोजगारीको सवालमा अनि आम विकास, निर्माण सवालमा भूइँ मान्छेहरुको पहुँच नगरमा नपुगेको तीतो यर्थाता कहदै थिए, एकछिन हल स्तव्ध भयो । मैले ठानेको ती भूई मान्छेहरु जसको लागि मैले गर्नुपर्छ भन्ने मूल्य र मान्यता जीवनभरि साँचेको थिएँ, छु उनीहरु किन बेखबर छन् नगरबाट पाउने सेवा र सुविधाबाट ? उनीहरु किन…

चौतारामा खुला जिमशाला सञ्चालन ।

चौतारामा खुला जिमशाला सञ्चालन ।चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा मंगलबारदेखि खुला जिमशाला सञ्चालनमा आएको छ । नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ चौतारा साँगाचोगगढी नगरपालिकाले सुरु गरेको खुला जिमशालाको आज मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले उद्घाटन गर्नुभयो ।सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त गर्नुभयो । स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको जिकिर गर्दै उहाँले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नु भयो ।प्रमुख जिल्ला अधिकारी…

अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ ।

अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैघ सिसौको काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईन्द्रावति गाउँपालिका वडा न १२ बस्ने वर्ष ५० कि पार्वती दनुवार, वर्ष ६० कि ठुलीमाया दनुवार, वर्ष ५० कि सानुकान्छी दनुवार र वर्ष ३१ को कान्छामान दनुवार रहेका छन् ।ईन्द्रावति गाँउपालिका वडा नं १२, भेडिचौर चालेचार्पा स्थितमा सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ जातको काठ बरामद गर्नुका साथै संलग्न ४ जनालाई पनि…

वडाध्यक्षले तलबको रकमबाट विद्यालयलाई दिए कम्प्युटर

बाह्रबिसे नगरपालिका वडा ८ का अध्यक्ष विमलप्रसाद पौड्यालले आफ्नो तलबभत्ताबापत पाउने रकमले वडाभरका विद्यालयलाई कम्प्युटर, प्रिन्टर लगायत सामग्री सहयोग गरेका छन् । मासिक रुपमा आहिलेसम्म पाएको तलबभत्ता एक लाख ६० हजारमा अपुग रकम थपेर वडाध्यक्ष पौड्यालले आहिलेसम्म एउटा माध्यमिक र तीन आधारभूत विद्यालयलाई यस्ता प्रविधिका सामग्री किनिदिएका हुन् । निर्वाचनअघि नै आफूले गरेको प्रतिबद्धता अनुरुप अहिले सहयोग गरेको उनले बताएका छन् । ‘मासिक रुपमा मैले पाउने २० हजार हो, त्यही जम्मा पारेँ, अपुग रकम थपेँ अनि सबै विद्यालयमा कम्प्युटर दिने लक्ष्यसहित वितरणमा लागिरहेको छु,’ पौड्यालले भने । उनका अनुसार बाह्रबिसे नगर ८ मा एउटा…

लिसंखुपाखर बन्यो फ्रि वाईफाई पालिका

लिसंखुपाखर बन्यो फ्रि वाईफाई पालिकाजिल्लाकै विकट मानिने लिसंखुपाखर गाउँपालिकामा फ्रि वाइफाइ सेवा सुरु भएको छ ।गाउँपालिकाको पहलमा फ्रि वाईफाई सेवा प्रारम्भ भएको हो ।पालिकास्थित संपूर्ण वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत संपूर्ण सरकारी कार्यालयहरुमा फ्रि वाइफाइ जडान कार्य सम्पन्न भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।निर्वाचनको ताका आफूले गाउँपालिकालाई फ्रि वाईफाई पालिका बनाउने प्रतिवद्धता अनुसार आफू सफल भएकोमा पालिका अध्यक्ष राजु लामाले खुशी व्यक्त गर्नु भयो ।उहाँले सबै निकायलमा फ्रि वाइफाइ जडान भएको जानकारी दिंदै खासगरि फ्रि वाइफाइको सही सदुपयोग गरि शिक्षा क्षेत्रमा मल्टिमिडियाको प्रयोगसँगै विद्यालयको शैक्षिक सुधारमा विशेष ध्यान दिन…

मान्द्रा बुनेर आम्दानी गर्दै

मान्द्रा बुनेर आम्दानी गर्दैजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । उमेरले ७० कटेका फुर्बा ग्याल्बो शेर्पा हिजोआज मान्द्रा बुन्नमा नै व्यस्त हुनुहुन्छ । जिल्लाकै विकट मानिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न १ लामिडाँडाका शेर्पा विगत एक महिनादेखि मान्द्रा बुन्न व्यस्त रहनु भएको छ । घरमा नै आएर किसानहरुले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता चुलिएको हो । मान्द्रा विक्री गरेर उहाँले घर खर्च मात्र टार्दै आउनु भएको छैन् , आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको समेत जोहो गर्दै आउनु भएको छ ।आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाई नै आफ्नो आम्दानीको स्रोत भएको…