सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित भित्तेपात्रो विमोचन ६ गते ।चौतारा । सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित २०८० सालको भित्तेपात्रो यही बैशाख ६ गते विमोचन हुँदैछ ।नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रोको विमोचन कार्यक्रम रहेको समाजले जनाएको छ ।केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा विधिवत दर्ता भएको यो गैर सरकारी संस्थाले प्रारम्भमै नयाँवर्ष २०८० सालको शुभकामना आदान-प्रदान तथा प्रकाशित क्यालेन्डरको सार्वजनिक गर्ने योजना अघि सारेको समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।अध्यक्ष न्यौपानेका अनुसार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रम यहि बैशाख ६ गते बुधबारको दिन काठमाडौ, पेप्सिकोला, खहरेस्थित सान…
Category: समाचार
हिमालको फेदैमा स्वास्थ्य शिविर सञ्चालन
हेलम्बु । सिन्धुपाल्चाेक जिल्लाकाे पर्यटकिय हेलम्बुमा आमायाङ्री गुम्बाको नवर्निमित गुम्बा उद्घाटन तथा विशेष पुजा मेलामा निशुल्क स्वास्थ्य शिविर सचालन गरेको छ । सो मेलामा उपस्थित सम्पुर्ण लामा गुरु लगायत श्रदालु भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि हेलम्बु गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ३७ सय ७२ मिटर उचाईमा रहेको आमायाङ्रीमा यहि वैशाख १ गतेबाट सञ्चालन भएको स्वास्थ्य शिविर ४ गते सम्म सञ्चालनहुने हेलम्बु १ का वडा अध्यक्ष दावा ग्याल्जेन शेर्पाले बताउनुभयो । शिविरमा विशेष गरेर अक्शिजनको लेभलजाँच सुगर, प्रेसर जाँच गर्नुका साथै…
रजिष्टार सापकोटाले लिए पद तथा गोपनियताको सपथ
उनले कानून निर्माण, व्यवस्थित र व्यवसायिक पत्रकारिता, सञ्चार रजिष्टारको कार्यालय मार्फत पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईन दर्ता, प्रेसपास वितरण लगायतका कार्य गरे । ३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उनले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिएका हुन् । सापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित…
यो हो पृथ्वीको अन्तिम सडक ! जहाँबाट अन्त्य हुन्छ दुनियाँ !
यो हो विश्वको अन्तिम सडक, जहाँबाट दुनियाँको नै अन्त्य हुन्छ… एजेन्सी । तपाईंले विश्वका धेरै ठाउँहरू भ्रमण गर्नुभएको हुनुपर्छ । के तपाईको मनमा यस्तो प्रश्न आएको छ कि संसार कहाँ समाप्त हुन्छ र संसारको अन्त्य के हो ? यो प्रश्न तपाईको दिमागमा नआएको हुन सक्छ, तर एउटा यस्तो ठाउँ छ जहाँ संसारको अन्त्य हुने विश्वास गरिन्छ । यो ठाउँ संसारको अन्तिम सडक मानिने सडक हो । यो बाटोपछि संसारको अन्त्य हुन्छ भन्ने मान्यता छ । विश्वको अन्तिम सडक मानिने यस सडकको नाम ई–६९ हाइवे हो । यो राजमार्ग युरोपेली देश…
जुगल आरोहण खुल्ला गरेपछि उत्साह ! बेसक्याम्प भव्य कार्यक्रम
पर्यटन प्रवर्धनका लागि जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा विविध कार्यक्रम२ वैशाख, सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् । शनिबार ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा पुगेर निवर्तमान सभामुख एवं सो क्षेत्रबाट लगातार तीन पटकका जनप्रतिनिधि अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा,…
चौतारादेखि झ्याँडीसम्म कालोपत्रे हुँदै ( टेण्डरसहित )
नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै झुृण्डिने गरेको परिवेशलाई बागमति प्रदेश सरकारका भौतिक पूर्तवाधार विकास मन्त्री युवराज दुलालको उपस्थितिले चिर्दै आएकाे छ। चाैतारा । पछिल्लाेपटक ग्रमीण सडकहरु स्तोरोन्नति हुने क्रम बढ्दो छ । संघीयताले के लछार्यो भन्नेहरुलाई गाउँठाउँको सडकले मुखभरिको जवाफ दिएका थुप्रै उदाहरणहरु छन् । त्यसमाथि प्रदेशको आवश्यकता छैन भन्नेहरुलाई त प्रदेश सरकारबाट भए गरेका विकास निर्माणले अक्क न बक्क बनाएको सहजै अनुमान गर्न सकिन्छ । अझ नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै…
नयाँ बर्षको पहिलो दिन ओम पार्क महोत्सव हुने
यस क्षेत्रबाट उत्तर तर्फ नेपालका गणेश हिमाल, जुगल हिमाल, गौरीशंकर हिमाल र सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका साथै तिब्बतको खासा, बजार कालिञ्चोक मन्दिरको परिसर, दोलखा जिल्लाको पहाडी भागको दृश्य पनि हेर्न सकिन्छ । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पर्यटकीय स्थल ॐ पार्कमा महोत्सव हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको साँस्कृतिक सम्पदा र ऐतिहासिक, पौराणिक स्थल ॐ पार्क ओझेलमा परेको भन्दै महोत्सवको आयोजना गरिएको हो । धनलक्ष्मी माताको रहस्यमय गुफासमेत रहेको ॐ पार्कमा विश्वकै अग्लो स्तुपा र ध्यानकेन्द्रको स्थापना गर्ने योजना पनि रहेको छ…
निशुल्क एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्ने हेलम्बुको चेतावनी
बिरामी भएको नक्कल गर्दै एम्बुलेन्सको प्रयोग गर्ने र अनावश्यक व्यक्तिहहरुले यात्रा गर्ने मात्र नभई स्थानीय स्वास्थ्य संस्थामा नै उपचार हुन सक्ने विरामीहरु पनि विना रिफर अन्यत्र गएर उपचार गराइएको जनगुनोसो बढ्न थालेपछि पालिकाले यस्तो निर्णय गरेको हो । किउल । सरल, सहजरुपमा छिटोछरितो नागरिकहरुले स्वास्थ्य संस्थामा गइ उपचार गरोस भन्ने हेतुले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हेलम्बु गाउँपालिकाले एम्बुलेन्स दुरुपयोगको गुनोसो बढ्न थालेपछि दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने भएको छ ।विगत लामो समयदेखि पालिकाभित्रका सुत्केरी, वृद्धवृद्धा, असाहय, विपन्न, विरामी तथा घाईतेहरुलाई पालिकाभित्र र बाहिरको स्वास्थ्य संस्थामा ल्याउन र लैजान निशुल्क…
नयाँ वर्ष मनाउन दोलखामा पर्यटकको भीड
नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको छ । दोलखा । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चलपहल सुरु भएको छ । नयाँ बर्ष २०८० काे पूर्व सन्ध्यामा धार्मिक एवम् पर्यटकीय स्थल दोलखाका होटलहरु खचाखच भरिन थालेका छन् । विशेष गरी कालिञ्चोकको कुरी, सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र शैलुङ भ्रमणमा आउने पर्यटकले होटहरु खचाखच भरिएका हुन् । नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु आजै दोलखा आएका छन् । कालिञ्चोक कुरीको होटल व्यवसायी संघका पुर्व अध्यक्ष एवम् होटल…
स्तरोन्नति गरिँदै सुनकोसीका सबै सडक
बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो। सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नुका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ। सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन्। चौतारा । बाहै महिना यातायात सञ्चालन गर्ने उदेश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ।वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो। बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको…
