नयाँ बर्षको पहिलो दिन ओम पार्क महोत्सव हुने

यस क्षेत्रबाट उत्तर तर्फ नेपालका गणेश हिमाल, जुगल हिमाल, गौरीशंकर हिमाल र सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका साथै तिब्बतको खासा, बजार कालिञ्चोक मन्दिरको परिसर, दोलखा जिल्लाको पहाडी भागको दृश्य पनि हेर्न सकिन्छ ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पर्यटकीय स्थल ॐ पार्कमा महोत्सव हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको साँस्कृतिक सम्पदा र ऐतिहासिक, पौराणिक स्थल ॐ पार्क ओझेलमा परेको भन्दै महोत्सवको आयोजना गरिएको हो ।

धनलक्ष्मी माताको रहस्यमय गुफासमेत रहेको ॐ पार्कमा विश्वकै अग्लो स्तुपा र ध्यानकेन्द्रको स्थापना गर्ने योजना पनि रहेको छ । ९९ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कको उचित प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न ॐ पार्क महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्था ॐ पार्क नेपालकी अध्यक्ष लिला नेपालले जानकारी दिनु भयो ।

सामुन्द्री सतहबाट २५ सय मिटर उचाईमा रहेको ॐ पार्क पर्यटन क्षेत्रका लागि सम्भावना र नयाँ गन्तव्य बन्न सकिने थुरै आधार रहेको अध्यक्ष नेपालको भनाइ छ । पर्यटन प्रवर्द्धन बृहत् गुरु योजना अन्तर्गत यस क्षत्रलाई भृकुटी स्रचङगम्पो बिबहा पदमार्ग, भैरवकुण्ड परिमार्ग, तेर्से छहरा साइकलयात्रा र रात्रीकालिन खगोलीय अध्ययन अनुसन्धान तथा दृश्य अवलोकन केन्द्रका लागि पनि तयारी गरिँदैछ ।

यस क्षेत्रबाट उत्तर तर्फ नेपालका गणेश हिमाल, जुगल हिमाल, गौरीशंकर हिमाल र सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका साथै तिब्बतको खासा, बजार कालिञ्चोक मन्दिरको परिसर, दोलखा जिल्लाको पहाडी भागको दृश्य पनि हेर्न सकिन्छ । त्यस्तै पश्चिम तर्फ जलबिरे, चौतारा बजार र धुलिखेल क्षेत्रका सुन्दर दृश्य देख्न सकिन्छ ।

काठमाडौंदेखि ९३ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा हाल दुईवटा बाटो भएर जान सकिन्छ । अरनिको लोकमार्गबाट कोठे, धुस्कोट, र बाह्रविसे, थगाम खलङ्साको बाटो हुँदै यश क्षेत्रमा जान सकिन्छ । जाडो समयमा कहिलेकाहीँ हिउँले धपक्कै ढाकिने र उचाइमा रहेकाले पनि सबेरै घाम लाग्ने हुस्सु, कुहिरोले लुकामारी खेलेको रमाइलो दृश्य देख्न सकिन्छ ।

धार्मिक, ऐतिहासिक, पौराणिक एवम् प्राकृतिक सुन्दरताले भरिएको ॐ पार्क महोत्सव भोलि नयाँ बर्षको दिन हुने आयोजक संस्थाले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्