तातोपानी नाका पूर्णरुपमा खुलाउन आजबाट बन्द
सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाका पूर्णरुपमा सञ्चालनको तयारीको तयारी थालिएको छ ।
आउँदो मे १ तारिखबाट दुईतर्फीरुपमा नै सञ्चालन गर्नका लागि थप ब्यबस्थित गर्न तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।
नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।
‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’
यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।