सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको भित्तेपात्रो विमोचन ६ गते

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित भित्तेपात्रो विमोचन ६ गते ।
चौतारा । सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित २०८० सालको भित्तेपात्रो यही बैशाख ६ गते विमोचन हुँदैछ ।
नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रोको विमोचन कार्यक्रम रहेको समाजले जनाएको छ ।
केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा विधिवत दर्ता भएको यो गैर सरकारी संस्थाले प्रारम्भमै नयाँवर्ष २०८० सालको शुभकामना आदान-प्रदान तथा प्रकाशित क्यालेन्डरको सार्वजनिक गर्ने योजना अघि सारेको समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेका अनुसार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रम यहि बैशाख ६ गते बुधबारको दिन काठमाडौ, पेप्सिकोला, खहरेस्थित सान प्याकेटमा हुनेछ ।
” हाम्रो सिन्धुपाल्चोक, हाम्रो शान !
सुन्दर समाज निर्माणमा सामुहिक अभियान ” नाराका साथ संसारभरि छरिएर रहेका सिन्धुपाल्चोकबासीहरुलाई एकत्रित गर्दै सामाजिक सेवा र अभियानमार्फत संकटमुक्त एवं समृद्ध सिन्धुपाल्चोक निर्माणकालागि समाजले कार्ययोजनासहित विविध कार्य गर्ने समाजका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । साथै शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सबै सिन्धुपाल्चोकबासीहरुलाई उपस्थित हुनकालागि पनि अध्यक्ष न्यौपानेले अनुरोध गर्नुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्