कोरोना संक्रमण नियन्त्रणका लागि नाकामा अभियान सञ्चालन गरिँदै

नवलपरासी। कोरोना संक्रमण बढ्न थालेपछि पश्चिम नवलपरासीमा नियन्त्रणका लागि पूर्व तयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । सातवटै स्थानीय तहका प्रमुख , स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा अभियान सञ्चालनका लागि छलफल गरिएको हो ।  अभियान अन्तरगत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ एन्टिजेन परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि एन्टिजेन परीक्षण गरिने छ । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति ९डिसिसिएमसी० को परासीमा बसेको बैठकले उच्च सतर्कतासहित एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । भारतलगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण तीव्र रुपमा फैलिन…

सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुने

सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुनेचौतारा । सरकारले बर्स्यौनी प्रदान गर्दै आइरहेको विभूषणबाट यो बर्ष सिन्धुपाल्चोकका ९ जना विभूषित हुने भएका छन् ।२०७९ सालको संविधान दिवसको अवसरमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका देशभरीका ९८२ जना मध्य सिन्धुपाल्चोकबाट विभूषित हुनेहरुमा देहावसान भएका २ जनासहित ८ जना पर्न सफल भएका हुन् ।मृत्यु पश्चात् विभूषित हुनेहरुमा मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर स्व सतिशकुमार गोइत र खानेपानी आयोजनाकै स्व राधाकृष्ण थापामगर रहेका छन् । गोइत र थापामगर झण्डै २ बर्ष अगाडि मेलम्ची खानेपानी सुरुङको गेट फुट्दा आएको बाढीमा परि निधन भएको थियो ।गोइत प्रवल जनसेवाश्री र…

मेलम्ची : वडा कार्यालय उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष श्रीराम घोरासैनीले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने तामाङको भनाईछ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत…

जुगल हिमाल आरोहण गर्न कुनै शुल्क नलाग्ने

काठमाडौं । राजधानी काठमाडौबाट सबैभन्दा नजिकको जुगल हिमाल निशुल्क आरोहण गर्न पाइने भएको छ ।सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो । बिसौनीbisouni.com

प्रेस रजिस्टारमा पून : सापकोटा

सिन्धुपाल्चोक । बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा नियुक्त हुनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभएको हो ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् । बिसौनीbisouni.com

उद्योग बाणिज्य महासंघ निर्वाचनः बाजि मार्ने दाउमा सिन्धुका तीन हस्ती

उद्योग बाणिज्य महासंघको ५७ औं साधारसभाबाट केन्द्रीय सदस्यमा बाजि मार्ने दाउमा छन् सिन्धुका तीन हस्ती बेदबहादुर श्रेष्ठ र रामशरण भण्डारी । जिल्ला र नगर तर्फको खुल्ला केन्द्रीय सदस्यमा श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने एशोसियट सदस्यमा आरएस भण्डारीले । ब्यापार व्यवसाय र सामाजिक अभियानहरुमा सदैव समर्पित श्रेष्ठ , मेडिकल उद्योगी एवम् सामाजिक अभियान्ता भण्डारी र नेपाल कुरियर संघका अध्यक्ष देवेन्द्र खड्का भोलि हुने निर्वाचनमा सशक्त उम्मेद्वारकोरुपमा प्रस्तुत भएका छन् । चाैतारा ।युवा व्यवसायी बेदबहादुर श्रेष्ठ उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाबाट सदस्य पदमा बाजि मार्ने तयारीमा छन् । उद्योग व्यवसायमार्फत…

तातोपानी नाका पूर्णरुपमा खुलाउन आजबाट बन्द

तातोपानी नाका पूर्णरुपमा खुलाउन आजबाट बन्द सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाका पूर्णरुपमा सञ्चालनको तयारीको तयारी थालिएको छ ।आउँदो मे १ तारिखबाट दुईतर्फीरुपमा नै सञ्चालन गर्नका लागि थप ब्यबस्थित गर्न तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय…

वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवन उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाट गर्नु भएकाे हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कार्यालय परिसरको ग्राउण्ड मर्मत तथा व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब नवलपुर —मेलम्ची सडक पिचहुने बताउँदै अन्य सडकको पनि स्तरउन्नति गरिने बताउनुभयो । उहाँले कृषि, पशुपालनमा नगरले बिसेष ध्यान दिने बताउनुभयो ।जनताको नजिकको सरकार भनेकै…

सात सय टोलमा पुगे चौध हजार एमालेका नेता कार्यकर्ता !

चौतारा। नेकपा (एमाले)ले सुरु गरेको मिसन ग्रासरुट अभियानमा जिल्लाका चौध हजारबढी नेता कार्यकर्ता परिचालित भएका छन् । संगठन सुदृढीकरण, शुद्धिकरण र विस्तारको योजना अनुरुप सुरु भएको अभियानका क्रममा जिल्लाभरका सात सय टोलसम्ममा संगठनात्मक संरचना निर्माण तथा सक्रियता गराईएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारि दिनुभयो । टोल, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्र र जनसंगठन समेत सो अभियानमा सक्रियताकासाथ लागिरहेको नेपाल बताउनुहुन्छ । ‘माथिल्लो कमिटीका साठी प्रतिशत र तल्लो तहको सतप्रतिशत नेता कार्यकर्ता मिसन ग्रासरुटमा जोडिएर जिम्मेवारी पूरा गनुभएको छ ।’ अध्यक्ष नेपाल भन्नुहुन्छ । अभियान अन्तर्गत सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरी गाउँपालिका मा सुरु भएको…

गाउँमा नै अस्पताल सञ्चालन भएपछि स्थानीय खुशी

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आफ्नै गाउँमा नै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय खुशी भएका हुन । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले एक एक पाइला ठोकर्पा आधारभूत प्राथमिक अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन्। १६ हजारभन्दा बढी जनसङ्ख्या भएको सुनकोसीका स्थानीयले सामान्य रोग लाग्दा पनि धुलिखेल या काठमाडौँ पुग्नुपर्ने बाध्यता झेल्दै आएका थिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आफ्नै गाउँमा नै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय खुशी भएका हुन । लिफ्ट सहितको १५ शय्याको तीन वटा भवनमा २९ कोठा र १५ बेडसहित ३० जना…