चौतारादेखि झ्याँडीसम्म कालोपत्रे हुँदै ( टेण्डरसहित )

 नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै झुृण्डिने गरेको परिवेशलाई बागमति प्रदेश सरकारका भौतिक पूर्तवाधार विकास मन्त्री युवराज दुलालको उपस्थितिले चिर्दै आएकाे छ।

चाैतारा । पछिल्लाेपटक ग्रमीण सडकहरु स्तोरोन्नति हुने क्रम बढ्दो छ । संघीयताले के लछार्‍यो भन्नेहरुलाई गाउँठाउँको सडकले मुखभरिको जवाफ दिएका थुप्रै उदाहरणहरु छन् । त्यसमाथि प्रदेशको आवश्यकता छैन भन्नेहरुलाई त प्रदेश सरकारबाट भए गरेका विकास निर्माणले अक्क न बक्क बनाएको सहजै अनुमान गर्न सकिन्छ । अझ नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै झुृण्डिने गरेको परिवेशलाई बागमति प्रदेश सरकारका भौतिक पूर्तवाधार विकास मन्त्री युवराज दुलालको उपस्थितिले चिर्दै आएकाे छ।

हुन पनि मन्त्री दुलालले यस अघि सामाजिक विकास मन्त्री हुँदा पनि उत्तिक्कै विकास निर्माणमा योगदान पुर्‍याएका थिए । अहिले पनि उनी त्यसरी नै समर्पित छन् । केही महिनाअघि मात्र मेलम्ची नवलपुर सडकखण्ड कालोपत्रे गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्री दुलालले यसपटक फेरि चाैताराऽपीपलडाँडा, झ्याडीसम्म कालोपत्रे गर्न बजेट विनियोजन गरेका छन् । मन्त्री दुलालकै पहलमा सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालीकाको पिपलडाँडा हुदै झ्याडि खोला सम्मको मोटरबाटो पिच टेन्डर आह्वान भएको छ । बागमती प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदको पहलमा टेन्डरको आह्वान भएको हो ।

बुधवार चौतारा पिपलडाँडा हुदै झ्याडि खोला सम्मको ८ कि मि मोटरबाटो पिच टेन्डरको आह्वान भएको छ । कुल ४२ करोडको लागतमा आह्वान भएको उक्त टेन्डर मन्त्री दुलालले मन्त्रालय सम्हाले लगत्तै फाइल अघि बढेको थियो । यो संगै दर्जन बराबरको नयाँ योजनाको कार्य जिल्लामा अघि बढी सकेको छ।

बाेलपत्र

धेरै समय पछिको अथक प्रयास र मेहेनतबाट मेलम्चि चौतारा जोड्ने मुख्यसडक खण्ड अन्तर्गत पहिलो चरण नवलपुर मेलम्चि सडक खण्डको सडक कालोपत्रे गर्न ठेक्का आव्हान गरिएको थियो ।

प्राप्त जानकारी अनुसार मन्त्री दुलालकै प्रयासमा अब छिट्टै कुविण्डे चौतारा कालोपत्रेको पनि टेण्डर आव्हान हुँदैछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्