निशुल्क एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्ने हेलम्बुको चेतावनी

बिरामी भएको नक्कल गर्दै एम्बुलेन्सको प्रयोग गर्ने र अनावश्यक व्यक्तिहहरुले यात्रा गर्ने मात्र नभई स्थानीय स्वास्थ्य संस्थामा नै उपचार हुन सक्ने विरामीहरु पनि विना रिफर अन्यत्र गएर उपचार गराइएको जनगुनोसो बढ्न थालेपछि पालिकाले यस्तो निर्णय गरेको हो ।

किउल । सरल, सहजरुपमा छिटोछरितो नागरिकहरुले स्वास्थ्य संस्थामा गइ उपचार गरोस भन्ने हेतुले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हेलम्बु गाउँपालिकाले एम्बुलेन्स दुरुपयोगको गुनोसो बढ्न थालेपछि दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने भएको छ ।
विगत लामो समयदेखि पालिकाभित्रका सुत्केरी, वृद्धवृद्धा, असाहय, विपन्न, विरामी तथा घाईतेहरुलाई पालिकाभित्र र बाहिरको स्वास्थ्य संस्थामा ल्याउन र लैजान निशुल्क सेवा प्रदान गर्दै आइरहेको एम्बुलेन्स सेवाको दुरुपयोग बढ्न थालेपछि दुरुपयोग गर्नेहरुलाई कालोसूचीमा राखी भविष्यमा निशुल्क एम्बुलेन्स सेवाबाट नैबञ्चित गराइने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनले बताउनु भयो ।
बिरामी भएको नक्कल गर्दै एम्बुलेन्सको प्रयोग गर्ने र अनावश्यक व्यक्तिहहरुले यात्रा गर्ने मात्र नभई स्थानीय स्वास्थ्य संस्थामा नै उपचार हुन सक्ने विरामीहरु पनि विना रिफर अन्यत्र गएर उपचार गराइएको जनगुनोसो बढ्न थालेपछि पालिकाले यस्तो निर्णय गरेको हो ।
पालिकाले एक अनुरोधपत्र समेत सार्वजनिक गर्दै पालिकमा रहेको स्वास्थ्य संस्थामा उपचार गरि अन्यत्र रिफर गरेको खण्डमा मात्र निशुल्क एम्बुलेन्सको सेवा लिन स्थानीयलाई आग्रह गरेका छन् । पालिका बाहिरका स्वास्थ्य संस्थाबाट उपचार गराइसकेपछि पनि स्वास्थ्य संस्थामा भर्ना भएको, चेकजाँच गरेको कागजात पेश गर्न पनि पालिकाले अनुरोध गरेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्