हिमालको फेदैमा स्वास्थ्य शिविर सञ्चालन

हेलम्बु । सिन्धुपाल्चाेक जिल्लाकाे पर्यटकिय हेलम्बुमा आमायाङ्री गुम्बाको नवर्निमित गुम्बा उद्घाटन तथा विशेष पुजा मेलामा निशुल्क स्वास्थ्य शिविर स‍चालन गरेको छ । सो मेलामा उपस्थित सम्पुर्ण लामा गुरु लगायत श्रदालु भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि हेलम्बु गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

३७ सय ७२ मिटर उचाईमा रहेको आमायाङ्रीमा यहि वैशाख १ गतेबाट सञ्चालन भएको स्वास्थ्य शिविर ४ गते सम्म सञ्चालनहुने हेलम्बु १ का वडा अध्यक्ष दावा ग्याल्जेन शेर्पाले बताउनुभयो । शिविरमा विशेष गरेर अक्शिजनको लेभलजाँच सुगर, प्रेसर जाँच गर्नुका साथै औषधी समेत वितरण गरिएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विदुर ज्योतिले जानकारी दिनुभयो । सो शिविरमा वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, घाँटि दुख्ने जस्ता लक्षण भएका रोगको उपचार गरिएको शिविर टोलिका सदस्य एवम् पाल्चोक स्वास्थ्य चौकिका अहेव सञ्च तामाङले जानकारी दिनुभयो ।

शिविरमा सेवा लिन पाउँदा लामा गुरुहरु लगायत सम्पुर्ण भक्तजनहरुले खुशि ब्यक्त गरेको शिविर टोलिका अर्का सदस्य एवम् हेलम्बु स्वास्थ्य चौकिका हेल्थ असिस्टेण्ड खगेन्द्र कुवँरले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्