सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको संसदीय समितिले निरीक्षण गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली आयोजनाको मूहानस्थलमा पुगेर निरीक्षण गरेका हुन् ।
निरीक्षण पश्चातको आयोजित छलफल कार्यक्रममा अध्यक्ष तिमल्सिना आयोजना लम्बिंदा लागत बढ्ने बताउभयो । उहाँले विभिन्न महत्वपुर्ण आयोजनाहरुको समयअवधी विभिन्न कारणले लम्बिंदा लागत बढ्ने बताउँदै समयमै काम सक्नुपर्नेमा जोड दिनुभयो ।
कुनैपनि आयोजना सञ्चालन गरिरहँदा यसबाट प्रभावित हुने अन्य उपआयोजनाहरुका बारेमा ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष तिमल्सिनाले एकैपटक एकिकृत ढंगले काम गर्न सकेमा कामले गति लिनका साथै समयको बचत र लागतमा पनि कमि आउने बताउनुभयो ।
मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको कामको उदाहरण दिदैं अध्यक्ष तिमिल्सिनाले पाइप विच्छउन, विजुलीका तारहरु भूमिगतगर्ने कुराहरुले गर्दा धेरैअसरहरु देखापरेका भन्दै योजना बनाउँदा केहि सिकाइहरुलाई सँगै लिएर जानपर्ने बताउनुभयो ।
छलफलमा आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगत देखि बर्तमान सम्मका अवस्था र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।
मेलम्ची खानेपानी मूहानमा संसदीय समितिको निरीक्षण
