घटना घटेको बेलाका चालक तामाङसँग सवारी साधन अनुमति पत्र नभएको र उनलाई बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले बताए ।
चौतारा । दुर्घटना पश्चात आफू सक्कली चालक हुँ भन्दै नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका एक नक्कली चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ पीपलडाँडाका ३० बर्षिय इश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरि प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको हो ।
घटना विवरण अनुसार बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा न २ ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनि ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु थियो ।
ट्रकको ठक्करबाट सोही ठेगानाकी ३० वर्षिया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि घटनास्थलबाट मिनिट्रकका चालक फरार भएका थिए । आफूसँग लाइसन्स नभएका कारण फरार भएका हेलम्बु २ का ४२ वर्षिय चालक छेनाम तामाङलाई बचाउन लाइसन्स प्राप्त चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का बस्नेतले दुर्घटना भएको बेलाको चालक आफू हुँ भनि इलाका प्रहरी कार्यालय मेलम्चीमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
आत्मसमर्पण गर्न आएका चालक बस्नेतमाथि संका लागि अनुसन्धन गर्दा उनी सो बेलाको चालक नभएको र सो बेलाका चालक तामाङ नै भएको खुल्न आएपछि पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
घटना घटेको बेलाका चालक तामाङसँग सवारी साधन अनुमति पत्र नभएको र उनलाई बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले बताए ।
प्रहरी उपरीक्षक राणाका अनुसार सक्कली र नक्कली दुबै चालकलाई पक्राउ गरि कसुर प्रमाण दबाउन नहुने सम्वन्धी कसुरमा ७ दिन म्याद थप गरि मेलम्ची इलाका प्रहरी कार्यालयबाट अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
काठमाण्डौंभरि निशुल्क एम्बुलेन्स सेवा सुरु
काठमाण्डौं । उपचार गर्न अस्पताल जानका लागि काठमाण्डौंका विरामीहरुले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।
काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंभरि २४ घण्टा नै १०२ नम्बरमा फोन कल गरि निशुल्क एम्बुलेन्स सेवा सुविधा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।
मेयर बालेन शाहले आफ्नो फेशबुक वालमा सो सुविधाको जानकारी गराउनु भएको हो ।