चित्रमय वनदेवी (फोटो फिचर)

विद्यार्थीहरु स्वभावले नै चित्रप्रति आकर्षित हुने र चित्रबाट पनि शिक्षा दिन सकिने प्रधानाध्यापक राईको विश्वास छ ।

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित वनदेवी माध्यमिक विद्यालयका भित्ताहरु चित्रमय भएका छन् ।


विद्यालयमा शैक्षणिक वातावरण निर्माण गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतुले भवनका खाली भित्ताहरुमा शैक्षिक र सन्देशमुृलक चित्रहरु कोर्न लगाएको विद्यालय जनाएको छ । कक्षा कोठाभित्र मात्र हैन विद्यालय परिशरभित्र पनि शैक्षिक वातावरण सिर्जना हुनु आवश्यक भएकाले यस्ता सन्देश र शिक्षामूलक चित्र कोरिएको प्रधानाध्यापक दीपक राईले बताउनु भयो ।


विद्यार्थीहरु स्वभावले नै चित्रप्रति आकर्षित हुने र चित्रबाट पनि शिक्षा दिन सकिने प्रधानाध्यापक राईको विश्वास छ । कक्षा कोठाभित्र पठनपाठनमा सहभागि हुँदा मात्र हैन बाहिरी वातावरणमा डुल्दा, हिड्दा पनि विद्यार्थीहरुले शिक्षा आर्जनका माध्यमहरु अप्रत्यक्षरुपमा खोजिरहेका हुन्छन् प्रधानाध्यापक राईले भन्नुभयो त्यसैले यी भित्ताका चित्रहरु विद्यार्थीहरुका लागि शिक्षा आर्जनको वैकल्पिक कक्षाकाठा पनि हुन् ।


चित्र चित्रकार नारायण घलेले कोर्नु भएको हो ।

सिफारिस

प्रतिकृया दिनुहोस्