दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटक पटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला होस् कार्यस्थलमा रातदिन अरोरात्र खट्ने जनप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ । झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका उहाँ हाल स्वास्थ्यमन्त्री हुनुभएको अढाई महिनामै स्वास्थ्यका क्षेत्रमा क्रान्तिकारी काम प्रारम्भ गरेर चर्चामा हुनुहुन्छ । उहाँले यस अवधिमा दुई वर्षभित्रमा गरिब तथा विपन्न नागरिकलाई र पाँच वर्षभित्र सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने महत्वाकांक्षी कार्यको घोषणा गरी कार्यान्वयनको सुरुआत गर्नुभएको छ…

कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दै

कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दैनयाँ घरको भविष्य अन्यौल र अन्धकार देख्न थालेपछि सिन्धुपाल्चोकका कम्रेडहरु पुरानै नै घरमा फर्कन कम्मर कसेर लागेका छन् । नयाँ घर एकीकृत समाजवादीमा रहेर आफ्नो राजनीतिक भविष्य नै भद्रगोल हुने ठहर गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरु पुरानै घर एमालेको ढोका ढकढक्याउन पुगेका हुन् ।एमाले विभाजनपछि एकीकृत समाजवादी बनेका सिन्धुपाल्चोकका झण्डै एक दर्जन नेता तथा कार्यकर्ता पुरानै घर एमालेमा फर्कन लागेको स्रोतको दावी छ । फर्कन लागेकाहरुमा पूर्व सांसद, समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य, गम्भीरलाल श्रेष्ठ, उपेन्द्र तामाङ, शिवराम भट्टराइ, सचिव दीपक नेपाल,…

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुनेचौतारा । विगत लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएकी सञ्चारकर्मी कमला पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएको छ । नेपाल अमेरिका पत्रकार मञ्चले प्रदान गर्ने सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।कान्तिपुर टेलिभिजनका लागि सिन्धुपाल्चोक भूगोलबाट पत्रकारिता गर्दै आउनु भएकी पाख्रिनलाई ग्रामीण क्षेत्रका हरेक मुद्याहरुलाई सवलीकरण गर्न सहयोग पु¥याएको भन्दै मञ्चले सो पुरस्कार प्रदान गर्न लागेको हो । देशभरिबाट छनौट गर्ने क्रममा सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि अन्तिम छनौटमा परेको…

चीनको सहयोगमा कुविण्डे जिवन्त गाउँ बन्ने मेलोमा

नगरपालिकाको कुनै एक गाउँलाई नमूना गाउँ बनाउनका लागि नगरपालिकाको योजना रहेको र सो अनुसार कुटनितिक पहलद्वारा कुविण्डेलाई जिवन्त गाउँको रुपमा विकास गर्न चीन सरकार सहमत भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । चौतारा । दक्षिण एशियाली मूलुकहरुमा गरिवी निवारण गर्ने उदेश्यका साथ चीन सरकारले अघि सारेको जिवन्त गाउँ परियोजना सिन्धुपाल्चोकबाट सुरु भएको छ । चीन सरकारले सिन्धुपाल्चोकको कुविण्डेलाई जिवन्त गाउँ बनाउन चासो दिइएको हो । त्यसका लागि चिनियाँ अधिकारीहरुको एक टोली कुविण्डे सोमबार आइपुगे । कृषि र पशुपालनलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग पु¥याउदै स्थानीयको जीवनस्तरमा सुधार गर्नका साथै शिक्षा, स्वास्थ्य…

राप्रपा जिल्ला सदस्य संसार श्रेष्ठद्वारा पार्टी त्याग

सुप्रिन्स कसजू /चौतारा । विगत लामो समयदेखि राप्रपाबाट राजनीति गर्दै आएका संसार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका छन् । २०४८ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकसँग आवद्ध रहँदै आएका श्रेष्ठले आइतबार सो पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनाामा दिएका हुन् । राप्रपा जिल्ला सदस्य रहेका श्रेष्ठले संस्थागत भन्दा पनि पार्टीमा व्यक्तिगत स्वार्थको हावि भएको, राष्ट्रिय समस्या निकासका लागि पार्टीले कुनै भूमिका निर्वाह गर्न नसकेको र ढुलमूले नीति लिएको कारण आफूले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा गरेको बताए । ६ पटकसम्म महाधिवेशन प्रतिनिधि र दुईपटक जिल्ला सचिवको समेत…

प्रकाश सपुतको नयाँ गीत ” दमाई महाराज” के विवादरहित होला? यस्तो छ गीत , हेरौं भिडियो

काठमाडौ । गायक प्रकाश सपुतको नयाँ गीत “दमाई महाराज” उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । हरेक गीतमा कथा उन्न सिपालु प्रकाशले यो गीतलाई पनि कथानक बनाएका छन् । हेरेक जसो गीतमामा विवाद झेल्दै आएको प्रकाशको यो नयाँ गीत के विवादरहित होला र ? प्रश्नको उत्तर यही गीतले दिनेछ । त्यसो भए गीतको भिडियो हेर्न तलको भिडियोमा क्लिक गर्न ढिला नगरौं बिसौनीbisouni.com

क्रान्तिकारी विद्यार्थीले गर्‍यो एसइइ उत्तीर्णहरुलाई सम्मान

मोनिका विश्वकर्मा, चौतारा । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा शुक्रबार आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले इच्छाएको विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी सुझबुझका साथ आफ्नो अध्ययनलाई अगाडी बढाउनुपर्न उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले…

तातोपानी नाका : निर्यात ठप्प, आयात फाट्टफुट्ट

गत वैशाख १८ गते नेपाली सामाग्री बोकेको कण्टेनरलाई चिनियाँ अधिकारीहरुले दुई मुलुकबीचको सबैभन्दा पुरानो नाकामा बडो धुमधामका साथ भव्य स्वागत गरे । त्यसपछि धेरैलाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाका पुरानै अवस्थामा फर्कने विश्वास जागेको थियो । २०७२ सालको भूकम्पलगत्तै एकतर्फीरुपमा मात्र सञ्चालनमा आएको उत्तरको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताइयो । औपचारिकरुपमा नाका पुन सञ्चालनमा आएपछि यहाँका व्यापारी, राजनीतिकर्मी र स्थानीय खुशील गद्गद् भए । तातोपानी नाका पुरानै लयमा फर्कने सबैले विश्वास गरे ।  तर सो दिन बाहेक एक कण्टेनर सामान पनि नेपालबाट उता नगएको तातोपानी…

चेतनाद्वारा महिलालाई रकम वितरण, वितरित रकम परिणामुखी हुने मेयर सापकोटाको विश्वास

chetana

चौतारा । सिन्धुपाल्चोक चौतारास्थित चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको ससर्त अनुदान अन्तर्गतको रु दुई लाख रुपैया अनुदान रकम आयआर्जनका लागि ८ जना महिलाहरुलाई जनही २५ हजारको दरले आज नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वितरण गर्नु भएको हो । सो अवसरमा वितररित रकमबाट परिणाम आउने गरि आयआर्र्जनमा वृद्धि भएको पाइएमा नगरले पुन सहयोग गर्ने नगरप्रमख सापकोटाले प्रतिवद्धता जाहेर गर्नुभयो । वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वितरित रकमको सही सदुपयोग भयो कि भएन भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो…

समिक्षाको ” म मर्छु तिमी विना ” सार्वजनिक ( भिडियोसहित)

काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।  २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।  अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ । बिसौनीbisouni.com