धान दिवस: दिनभरि खेतमा आलि लगाउदै, बाउसे गर्दै मेयर सापकोटा

हिलाम्मे खेतमा मेयर सापकोटाले ट्याक्टर चलाए आलि लगाए । फेरि धानको बीउ लिन आफै ब्याडमा कुदे अनि धान रोपे पनि । मेलो अगाडि बढ्दै गयो । तर मेयर सापकोटाको मेलो भने टुँगिएन । न त थकानको कुनै महसुस नै गरे उनले । बरु उल्टै दतचित्त भएर धान रोपाँइमा लागिरहे । चौतारा । उमेरको गणितले ६४ को उकालो लाग्दै गरेको एउटा बुढोउन्मुख शरीर । तर श्रम र जाँगरको गणितले भर्खर २० को उकालो लाग्दै गरेको उर्जावान र कर्मठ लाठे । त्यसैले झण्डै मध्यान्ह्र १२ बजे खेतमा पसेका उनी ४ बजे मात्र…

खेलाडीको उत्साह मर्न दिने छैन-मेयर सापकोटा । ब्याटमिन्टनमा यी खेलाडीले मारे बाजी

चौतारा । सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट नगरकप ब्याटमिन्टन प्रतियोगिता सुरु भएको हो । जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको प्रतियोगिताको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साह मर्न नदिने र खेलाडीहरुको सशक्तताका लागि नगरले कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनु भयो । मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा प्रतियोगिता सञ्चालन हुने छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्धितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु…

आत्मनिर्भर हुन नसक्दा हिंसा सहन वाध्य

विनिशा विक/ चौतारा सन्धुपाल्चोक चौताराकी सिता तामाङ (परीवर्तीत नाम) लामो समयदेखि श्रीमानबाट घरेलु हिंसा सहन बाध्य हुनुहुन्छ । पटकपटक मदिरा सेवन गरि कुटपिट तथा गाली गलौज गरेका कारण उनी मात्र होइन, उहाँको पूरै परिवार समस्यामा छ । उहाँ भन्नुहुन्र्छ“रक्सी मुखमा परेपछि बेस्कन कराउने कुट्ने गर्छ ,कहिलेकाँहि त तिन दिनसम्म पनि उठ्न सक्दिन ”। “प्रहरीमा उजुरी गर्न जाउँभने आफन्तले पर्दैन भन्छन् नजाउँ दिनदिनै कति कुटाई खानु ”। उसो त मादिरा पिएर पतिले सधैं कुट्ने गरेको भन्दै विभिन्न स्थानमा महिलाहरूले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा उजुरी गरेपनि घटना सहमति र मेलमिलापमा टुंगिने…

लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन चौतारामा प्रभातफेरी

चौतारा । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोककोआयोजनामा प्रभातफेरी निकालिएको हो । चौतारा भिन्तुनाचोकबाट सुरु भएको प्रभातफेरी चौतारा बजार हुँदै टँडिखेलचोकमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले संचेतनामार्फत नै लागु औषध दुव्र्यसनी न्यूनकरण र निराकरण गर्न सकिने बताउनुभयो । सिन्धुपाल्चोक प्रहरी प्रमुख बालनरसिंह राणाले लागु औषध दुव्र्यसनी नियन्त्रण र न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विद्यालय र समूदायमा संचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो…

कठै ! नारायणस्थान, फोहोरमा भगवान(भिडियोसहित)

धार्मिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित नारायणस्थान यतिखेर फोहोरको डंगुरमा रुपान्तरित भएको छ। स्थानीय सरोकारवालाहरुले बेवास्ता गर्दा नारायणस्थानमा दिनप्रतिदिन फोहोर बढ्न थालेको हो ।एकातिर लाखौं लगानी गरेको बालउद्यानको हालत बेहाल भएको छ भने अर्कोतिर हिन्दूहरुको महान आस्थासँग जोडिएको भगवान नारायण फोहोरको तलाउमा शैयन गर्न विवश छ। हुन त हरेक दिन धार्मिक आस्था बोकेर हातमा फूल,अक्षता, सिन्दुर, धुपबत्ति बोकेर भक्तजनहरु त्यहाँ भगवान नारायणको दर्शन गर्न जान्छन् तर दुर्भाग्य आफूले शीर निहुरिएर भगवान नारायणको दर्शन गरिरहँदा त्यहीको तलाउमा फोहरको लेदोले कालो भएको पानी…

सिन्धुपाल्चोकको जनसंख्या घट्दो

सिन्धुपाल्चोक । राष्ट्रिय जनगणना २०७८ जिल्ला स्तरीय नतिजा सार्वजनिक भएको छ ।तथ्यांक कार्यलय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको हो । जसमा सिन्धुपाल्चोकको जनसंख्या घट्दो गतिमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ मा सिन्धुपाल्चोकको जनसंख्या २ लाख ६२ हजार ६ सय २४ छ । यसअघि भएको राष्ट्रिय जनगणना २०६८ अनुसार २ लाख ८७ हजार ७ सय ९८ जनसंख्या थियो ।तथ्याङ्क अनुसार १० वर्षको अवधिमा सिन्धुपाल्चोकको जनसंख्या २५ हजार १ सय ७४ जनसंख्या घटेको देखिन्छ । सिन्धुपाल्चोकमा महिलाको जनसंख्या बढी रहेको छ । कूल जनसंख्या मध्य १ लाख…

निर्वतमान सभापति लामाको निधन

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवम् निर्वतमान सभापति विकास लामाको निधन भएको छ ।विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा गए राति बीर अस्पताल, काठमाण्डौंमा निधन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिनुभयो ।विद्यार्थीकालदेखि नेपाली काँग्रेससँग आवद्ध रही राजनीति गर्नु भएका ६४ वर्षिय लामा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित हुनु भएको थियो ।लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार दिनभरि काठमाण्डौं बौद्धस्थित तीनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र भोलि आइतबार मात्र लामा संस्कार अनुसार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकाले जनाएको छ । बिसौनीbisouni.com

ब्रिटिश काउन्सिल IELTS पुरस्कार जीत्ने हैन त ? यस्तो छ प्रकृया

कमला पाख्रिन प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत कुल तीन विजेताहरूलाई उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउन नगद पुरस्कार दिन चुनिने छ। काठमाण्डौं । ब्रिटिश काउन्सिल IELTS पुरस्कार २०२३ को लागि आवेदन खुला गरेको छ । दक्षिण एशियामा ब्रिटिश काउन्सिल IELTS पुरस्कार २०२३ को वार्षिक प्रतियोगिताले IELTS परीक्षामा सफल भएका छात्रहरूलाई विश्वविद्यालयहरूमा विद्यार्थी शुल्क रूपमा £५,००० सम्मको सहयोग प्रदान गर्ने हेतुले वर्ष, IELTS पुरस्कारको आवेदन चीन, जापान, हङ्कङ, इन्डोनेशिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, वियतनाम, बङ्गलादेश, पाकिस्तान, नेपाल, र श्रीलङ्कामा बसोबास गर्ने छात्रहरूलाई खुला गरिएको हो । यो IELTS मार्फत स्थानीय…

एमाले मुख्यालयमा वामदेवको वार्ता, ६० लाख मतको वाचा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।  ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा उहाँहरुले आज दिउँसो भेट गर्नुभएको हो । तत्कालीन नेकपा र एमाले विभाजनपछि कतै नलागी तटस्थ रहनुभएका गौतम पछिल्लो समय एमालेमै फर्किन लागेको चर्चा छ ।  एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई पुरानै घर फर्किन बाटो खुला भएको भनिएका बेला पछिल्लो भेटलाई चासोका साथ हेरिएको छ । केही दिनअघि उहाँले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको प्रतिक्रियासमेत दिनुभएको थियो । आजको भेटपछि गौतमले आगामी निर्वाचनमा एमालेको लोकप्रिय मत संख्या…