क्रान्तिकारी विद्यार्थीले गर्‍यो एसइइ उत्तीर्णहरुलाई सम्मान


मोनिका विश्वकर्मा, चौतारा । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।


शहीद स्मृति प्रतिष्ठान चौतारामा शुक्रबार आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो ।


सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले इच्छाएको विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी सुझबुझका साथ आफ्नो अध्ययनलाई अगाडी बढाउनुपर्न उहाँको भनाई थियो ।


नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उच्च शिक्षासँगै उचित शिक्षा हासिल गर्नु नै आजको आवश्यकता भएको भन्दै उचित र जीवनयापनमा सहजता ल्याउने शिक्षा आर्जनतर्फ उन्मुख हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।


क्यारियर काउन्सिलिङ सहित विद्यार्थीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा माओवादी केन्द्र प्रदेश समितिका सदस्य श्यामसुन्दर श्रेष्ठ, माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगरपालिकाका संयोजक रामप्रसाद गौतम, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन लामा, जिल्ला अध्यक्ष क्षितिज तामाङ, सिद्धिगणेश माविका शिक्षक ताराबहादुर श्रेष्ठ, दिनेश रामजी स्मृति बहूप्राविधिक शिक्षालय शिक्षक प्रकाश श्रेष्ठ, कालिदेवी माविका शिक्षक मोहन गिरी, दिनेश रामजी स्मृति बहूप्राविधिक शिक्षालयका विद्यार्थीद्वय जिगिषा श्रेष्ठ, विष्णु नेपालीलगायतले विद्यार्थीहरुले आफ्नो क्यारियर निर्माणका लागि कस्तो विषय छनौट गर्दा सही हुन्छ भन्ने विषयमा केन्द्रीत रही टिप्पणी गरेका थिए ।


अमृत श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुप्रिन्स कसजू र स्वागत सुवास गौतमले गर्नु भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्